रुपन्देही- बुटवल उपमहानगरपालिका-११ पवित्रानगरबाट करिब ११ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने ३६ वर्षीय दिपक नेपाली लगायत ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ई
लाका प्रहरी कार्यालय वुटवलबाट खटिएको प्रहरीले उनीहरुको साथबाट उक्त पदार्थ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।