पोखरा – लागूऔषधसहित प्रहरीले पोखराको गगनगौडास्थित पावर हाउसवाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने युवक म्याग्दीको मालिका गाउँपालिका ४ ओखरवोट घर भई बेनी नगरपालिका ८ क्याम्पस चोक वस्ने २२ बर्षिय गौरव बुढा रहेका छन ।
अभियुक्त बुढाको साथवाट प्रहरीले डाईजापाम १२६ एम्पुल, नर्फिन १२६ एम्पुल, फेनार्गन १२६ एम्पुल गरी ३७८ एम्पुल र मोबाईल १ थान वरामद गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले पावरहाउसमा सवारी साधन चेकजाँच गर्दा बुढालाई लागूऔषधसहित पक्राउ गरेको थियो ।
बुढालाई लागू औषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट दश दिन म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
गगनगौवाट लागू औषधसहित युवक पक्राउ
गगनगौवाट लागू औषधसहित युवक पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु