सुर्खेत जाजरकोटको झुल्केडाँडामा बुधबार बिहान ट्याक्टर दुर्घटनाग्रस्त हुँदा चालकसहित तीन जनाको ज्यान गएको छ ।
नलगाड नगरपालिकाको कालीमाटीबाट बारेकोट गाउँपालिकाको सेपुखोला जाँदै गरेको कर्णाली प्रदेश ०२००१त २९४ नम्बरको ट्याक्टर नलगाड नगरपालिका(५ झुल्केडाँडामा बुधबार बिहान दुर्घटनामा परेको थियो ।
दुर्घटनामा नलगाड नगरपालिका -७ का ३५ वर्षीय टयाक्टर चालक चंखलाल बिक, वडानम्बर-५ का २५ वर्षीय सुरेश खत्री र ६२ वर्षीय दलबहादुर खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरीक्षक मधुकुमार थापाले घटनामा नलगाड नगरपालिका-८ का १७ वर्षीय विनोद परियार गम्भिर घाईते बनेका वताए ।