पोखरा – दलित मुक्तिका लागि दलिय दासत्वको जन्जिर तोडेर सामुहिक मुद्दामा एकजुट भएर अघि बढनुपर्ने निश्कर्ष निकालिएको छ । दलित समुदायका सङ्घर्षशील सचेत बुद्धिजीवि व्यवसायीहरुले दलित मुक्तिका लागि सबै एक ढिक्का भएर संर्घष नगरेसम्म मुक्ति नहुने वताएका छन ।
वर्षौदेखि नेपाली समाजमा विद्यमान जातीय विभेद तथा छुवाछूत विरुद्ध संगठित हुनका लागि दलित जातिहरूको एक तटस्थ संस्था आवश्यकता भएको हुनाले छिटो नै उक्त संस्था स्थापना गर्न कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा सहभागी वक्ताहरूले आफूले देख्दै तथा भोग्दै आएका जातीय विभदे तथा छुवाछूतका उत्पीडन सुनाउँदै संस्था स्थापनाको आवश्यकता र औचित्यका बारेमा आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
रानीतिक दलहरूले उत्पीडित जातिका नेता तथा कार्यकर्तालाई आफूहरू अनुकूल उपयोग गर्दै आएका तर उत्पीडित जातिका समस्यालाई वेवास्ता गर्ने गरेको, राजनीतिक दलका सांसद र मन्त्रीले संगठित रूपमा नै जातीय विभेद तथा छुवाछूत गर्ने र पीडितको भन्दा पीडकलाई नै साथ दिने कुप्रवृत्ति बोकेको हुनाले वाहुनवादीहरुको झोला बोकेर मुक्ति नहुने वक्ताहरुले वताएका थिए । कार्यक्रममा समाजका शिक्षा, न्याय, सञ्चार, स्वास्थ्य, साहित्य व्यवसाय आदि सरकारी तथा निजी क्षेत्रसँग आबद्ध विशिष्ट योगदान दिंदै आएका उत्पीडित जातिका व्यक्तित्वहरू सहभागि थिए । कार्यक्रमको संयोजन व्यवसायी रामबहादुर बयलकोटीले गरेका थिए । भेलाले चाडै दलित समुदायको हक, हित र अधिकारका लागि तर्दथ समिति गठन गर्ने संयोजक वयलकोटीले वताए ।