रुकुम – प्रहरी पोष्ट तोडफोड गरेर चर्चामा आएका रुकुमको पश्चिमी क्षेत्र मुसिकोट नगरपालिका १३ का वडाध्यक्ष दीपक केसी जुवाखालवाट पक्राउ परेका छन । प्रहरीले जुवाको खालवाट वडाध्यक्ष केसीसहित पाँच जनालाई पक्राउ गरेको हो ।
मुसिकोट १ मठको एक घरमा मध्यरातिसम्म जुवाको खाल जमाएर बसेका वडाध्यक्षलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ । जिप्रकाका सूचना अधिकारी प्रहरी निरिक्षक कपिलजंग शाहीका अनुसार पक्राउ पर्नेमा वडाध्यक्ष, घरधनी उत्तम खड्का, कमल बूढा, राजाराम वली र युगल पुन छन्।
प्रहरी टोलीले जुवा खालबाट ३२ थान कौडा, १ थान गलैँचा र एक लाख आठ हजार दुई सय ९० रुपैयाँ बरामद गरेको प्रहरी निरीक्षक शाहीले बताए।
यसअघि उनै केसीसहितले २०७७ जेठ २० गते मुसिकोट नगरपालिका(१४ छिवाङज्युलस्थित अस्थायी प्रहरी पोष्ट तोडफोड र प्रहरीमाथि अभद्र व्यवहार गरेका थिए ।
मुसिकोट नगरपालिका– १३ का वडाध्यक्ष केसीको नेतृत्वमा आएको टोलीले प्रहरी चौकीमा तोडफोड गरेको थियो।
मोटरसाइकलमा आएका वडाध्यक्षले जाँचका लागि सडकमा राखिएको बार हटाउन ढिला गरेको भन्दै प्रहरीसँग झगडा गरेका थिए।
झगडाकै बीचमा स्थानीय २०(२५ जना युवाले प्रहरी पोस्टमा तोडफोड गरेका थिए। एक वर्षअघि उनीसँगै स्थानीय राजन केसी र खिलराज गिरी पनि पक्राउ परेका थिए।
प्रहरी पोष्ट तोडफोडमा संलग्न वडाध्यक्ष जुवा खालबाट पक्राउ
प्रहरी पोष्ट तोडफोडमा संलग्न वडाध्यक्ष जुवा खालबाट पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु