ललितपुर – म्ह पुजा गर्दा बालेको दियो सल्केर फैलिएको आगलागिले ग्याँस सिलिण्डर विस्फोट हुँदा ललितपुरको मंगलबजारमा शुक्रवार साँझ एकै परिवारका चार जनाको मृत्यु भएको छ । घटनामा दुई जना गम्भिर घाईते बनेका छन ।
चार तले घरको तेस्रो तलामा बालेको दियो झ्यालको पर्दामा छोईएर आगो फैलिएको थियो । आगो बड्दै जाँदा चौथो तलामा रहेको भान्साकोठासम्म फैलिएर खाना पकाउने एलपी ग्याँसको सिलिण्डर तात्तिएर विस्फोट भएको थियो । विस्फोटमा परेर घरधनी लक्ष्मीकृष्ण ताम्राकार, छोरी अन्जना, बुहारी रन्जना र नाती निर्जल छन । घटनामा परेर गम्भिर घाईते बनेका निरज र सिर्जनाको पाटन अस्पतालमा उपचार भईरहेको ललितपुर मंगलबजारस्थित प्रहरी प्रभागका इन्चार्ज प्रहरी निरीक्षक रामकृष्ण श्रेष्ठले बताए ।
साँझ ६ बजे म्ह पूजा गर्नेक्रममा बालेको दियोमा पर्दा छोईएपछि फैलिएको आगोले माटोले बनेको पुरानो घर क्षतिग्रस्त भएको छ । आगोलाई स्थानीयवासी, वारुणयन्त्रालय र प्रहरीको संयुक्त प्रयासमा करिव दुई घण्टापछि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
आगलागि साँझ सात बजेतिर भएपनि प्रहरीलाई आठ वजेमात्रै खवर पुगेको प्रहरीले जनाएको छ ।
‘किचनमा खाना पकाइरहेका बेला सिलिन्डर पड्किएको रहेछ’, प्रहरी निरीक्षक श्रेष्ठले भने, ‘चारतले भवनमा आगलागी पनि भएको थियो। तर अहिले नियन्त्रणमा आइसकेको छ।’
प्रहरीका अनुसार ललिततपुर महानगरपालिका वडा नम्बर १२ अन्तर्गत चक्रबहिल भन्ने मंगलबजार क्षेत्रमा पर्छ ।