फुङलिङ – ताप्लेजुङको मैवाखोला गाउँपालिकाले सञ्चालन गरेको मे १ झ ३१७० नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा एक महिलाकोे मृत्यु भएको छ।
शनिबार राति मैवाखोलाको मिल्केडाँडामा सो एम्बुलेन्स दुर्घटना भएको थियो। त्यसमा परेर मैवाखोला–२ की १६ वर्षीया हेमकला थोप्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।
एम्बुलेन्समा चालकसहित सात जना सवार थिए। अरू ६ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिए।
मैवाखोला गाउँपालिका केन्द्र साँघुबाट बिरामी वीरबहादुर लिम्बूलाई लिएर धरान जाँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
एम्वुलेन्स दुर्घटनामा किशोरीको मृत्यु
एम्वुलेन्स दुर्घटनामा किशोरीको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु