मकवानपुर- बिजुलीको तार पन्छाउनेक्रममा एघार हजार भोल्टको करेन्ट लागेर बिद्यार्थी राजनीतिमा सक्रिय गिरिजा अधिकारीको सोमबार विहामन मृत्यु भएको छ ।
करेन्ट लागेर गम्भिर घाईते बनेका अधिकारीको उपचारकोक्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नेकपा एकीकृत समाजवादी हेटौंडा उपमहानगरपालिका कमिटीका सचिव रहेका अधिकारीलाई आफ्नै वडामा बाटो निर्माणका लागि बिजुलीको तार पन्छाउने क्रममा करेन्ट लागेको थियो । जेसिवीको बकेटमाथि चढेर तार पन्छाउने क्रममा उनले ११ हजार भोल्टेजको तार छुँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताए ।
अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट रामचन्द्र सापकोटाले मृतक अधिकारी शव पोष्टमार्टम गरी आफन्तलाई बुझाईदिने वताए । नेकपा माओवादी केन्द्रबाट विद्यार्थी राजनीतिमा होमिएका अधिकारी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७ राजदेवीका स्थायी बासिन्दा हुन् । उनको २८ वर्षको उमेरमा मृत्यु भएको हो । नेकपा माओवादी केन्द्र विभाजनपछि बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा रहेर विद्यार्थी राजनीतिमा निरन्तर लागेका उनी नयाँ शक्ति र जसपाको एकीकरण पछि सो पार्टी परित्याग गरी एमाले प्रवेश गरेका थिए ।
गत भदौमा एमाले विभाजनपछि भने उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सदस्य तथा हेटौंडा उपमहानगरपालिका नगर कमिटीको सचिव रहेर काम गरिरहेका थिए ।
एघार हजार भोल्टको करेन्ट लागेर बिद्यार्थी नेताको मृत्यु
एघार हजार भोल्टको करेन्ट लागेर बिद्यार्थी नेताको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु