पोखरा – पोखरा वाग्लुङ्ग राजमार्गको प्रस्र्याङ्गस्थित गणतन्त्रचोकको जेव्राक्रसमै खण्डमा सवारी साधनको ठक्करवाट १४ बर्षिय शुभम खनालको मृत्यु भएको छ ।
विश्वास आयल पेट्रोल पम्पदेखि दक्षिणतर्फको जेव्राक्रसमा आईतवार साँझ पाँच वजेतिर बाटो काट्नेक्रममा शुभमलाई सवारी साधनले ठक्कर दिई फरार बनेको थियो ।
राजमार्गको पूर्वतर्फको घर भएका शुभम पश्चिमतर्फको स्टेशनरीमा सामान किनेर घरतर्फ फर्कदै गर्दा सवारीसाधनले ठक्कर दिएर भागेको स्थानीयवासीले वताए । ठक्करवाट गम्भिर घाईते बनेका शुभमलाई स्थानीयले सडकमा लडेको अवस्थामा देखेपछि तत्काल उद्धार गरी अस्पतालमा लगेका थिए ।
नाम नखुलेको सवारीको ठक्करवाट टाउकोमा गम्भिर चोट लागेका शुभमलाई शुरुमा सिर्जनाचोकस्थित मेट्रोसिटी अस्पतालमा लगेपनि त्यहाँवाट चरक र त्यहाँवाट फेरि अर्को अस्पतालमा रिफर गरिदिएको थियो । घटनास्थल नजिकै देउसीभैलोको नाचगान चलिरहेकोले सबैले त्यतैतिर हेरेर बसेकोले सडकमा घटना हुँदा कसैले नदेखेका स्थानीयवासीले वताए ।
प्रस्र्याङ्गस्थित शान्ति निकेतन स्कुलमा नौ कक्षामा अध्ययनरत शुभम प्रस्र्याङ्गमा परिवारसँगै बस्दै आएका थिए । पूख्यौली घर तनहँुको दमौली भएका उनका वुवा शुसिल खनाल दमौलीकै एक शैक्षिक संस्थामा एकाउण्टेनको काम गर्छन र्। म पनि वावुलाई सडक पारितिरको स्टेशनरीमा सामान किन्न लागेको बेला शुभमलाई पनि त्यही देखेको थिए,’ शान्ति निकेतन स्कुलका एकाउण्टेन एंव स्थानीयवासी विकल भूत्र्यालले आवर अल न्यूजसँग भर्ने शुभमले वाटो काटने वेला कुन सवारी साधनले ठक्कर दिएको थाहै भएन । वरपरका सिसी क्यामेरामा हेर्दा पनि ठक्कर दिने सवारी साधनलाई फेला पार्न सकिएन ।’ उनले शुभमको शवको सोमवार पोष्टमार्टम गरी दमौलीमा लगेर अन्त्येष्टि गरिएको जानकारी दिए ।
स्थानीयवासीले देउसीभैलो टोली बोकेर आएको बस राजमार्गको गणतन्त्रचोककै जेव्राक्रममा रोकिराखेको हुनाले पनि बाटो हिड्ने पैदल यात्रुलाई समस्यामा पारेको वताएका छन ।
दुर्घटनाको भोलिपल्ट सोमवार प्रहरी टोलीले घटनास्थल वरपर सवारी चेकजाँच गरेको थियो । आसपासका घरमा राखिएका सिसी क्यामरावाट ठक्कर दिने सवारीसाधन पत्ता लगाउने कोशिस गरेपनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरा वाग्लुङ्ग राजमार्गको हरिचोकदेखि जिरो किलोमिटर खण्डमा सवारी साधन निकै तीव्र गतिमा गुड्ने भएकोले दिनहुँजसो दुर्घटना हुने गर्दछन । पोखरामा सवैभन्दा बढि दुर्घटना हुने क्षेत्रमध्ये उक्त खण्डमा बर्षेनी दुर्घटनामा परेर पैदल यात्रु र सवारीका यात्रुहरुले ज्यान गुमाउँदै आएका छन । दुर्घटना रोक्न प्रस्र्याङ्गमा ट्राफिक पोष्ट खडा गरेर राजमार्गको बीचमा डिभाईडर राखेपनि घटनामा खासै कमि आएको छैन । राजमार्ग वरपरका दर्जनौ भटटीपसल र दोहोरीमा मदिरा सेवन गरेर तीव्र गतिमा सवारी हुईकाउनेहरुका कारण दुर्घटना बढिरहदा पनि पोष्टका ट्राफिक प्रहरीले त्यसतर्फ खासै ध्यान नदिएका स्थानीयवासीको गुनासो छ ।