पोखरा – लागूऔषधसहित पोखरा महानगरपालिका ८ सिमलचौरवाट प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले सिमलचौरमा शंस्का लागेर चेकजाँच गर्दा दुई युवती पक्राउ परेका हुन । पक्राउ पर्नेहरुमा लम्जुङ दोर्दी गाउँपािलका ७ घर भई पोखरा ९ नयाँबजार बस्ने वर्ष ३१ बर्षिया प्रेमा गुरुङ र गुल्मीको मालिका गाउँपालिका २ घर भई प्रेमासँग डेरामा बस्ने ३१ बर्षिया कोपिला अर्याल रहेका छन ।
प्रहरीले अभियुक्तहरुको साथवाट लागू औषध डाईजापाम ७४ एम्पुल, ब्रुफिनुर्फिन ७० एम्पुल, फेनेरागन ७२ एम्पुल गरी २ सय १६ एम्पुल बरामद गरेको प्रहरीले जनाएको छ ।
अभियुक्त प्रेमा र कोपिलालाई लागूऔषध मुद्धामा आठ दिन म्याद थप गरी अनुसन्धान अघि वढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
सिमलचौरवाट लागूऔषधसहित दुई युवती पक्राउ
सिमलचौरवाट लागूऔषधसहित दुई युवती पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु