पोखरा – चिनियाँ दूतावासद्वारा निःशुल्क इन्टरनेट सेवा सहयोग
नेपालस्थित चिनियाँ दूतावासका सहयोगमा पोखराका चार सामुदायिक विद्यालयमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराइने भएको छ ।
चिनियाँ राजदूत होउ यान्छीको भर्चुअल उपस्थितिमा मङ्गलबार पोखरामा एक कार्यक्रमकाबीच विद्यालयमा इन्टरनेट जडानसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिएको हो । नेपाल–चीन जनमैत्री सङ्घका पहलमा ग्रामीण शिक्षा सहयोग कार्यक्रमअन्तर्गत दूतावासले पोखरा महानगरपालिका–२१ का जनजागृति, भविष्य निर्माण , जनचेतन र पोखरा–३३ को शिशु कल्याण माध्यमिक विद्याललाई इन्टरनेट जडानका सहयोग गराइने छ । ।
सम्झौतामा जनमैत्री सङ्घका अध्यक्ष विश्वशङ्कर पालिखे र सम्बन्धित विद्यालयका प्रधानाध्यापकले हस्ताक्षर गरेका थिए । सङ्घका अध्यक्ष पालिखेका अनुसार सङ्घको प्रस्तावमा चिनियाँ दूतावासले पहिलो चरणमा चार विद्यालयमा इन्टरनेट सुविधा प्रदान गर्नका लागि सहयोग गरेको हो । सम्झौताअनुसार विद्यालयले एक वर्षको इन्टरनेट निःशुल्क प्राप्त गर्नेछन् ।
यसैगरी सोलार प्यानल, सबै कक्षामा आवश्यक इन्टरनेट डिभाइडरलगायतका उपकरणसमेत प्रदान गरिएको छ ।
पोखरा इन्टरनेटले उपलब्ध गराउने इन्टरनेट सेवाका लागि चार विद्यालयमा गरी कूल रु २० लाख लगानी भएको उनले वताए ।
कार्यक्रममा राजदूत यान्छीले नेपालको शिक्षा विकासमा सघाउन चीन सदैव तत्पर रहेको बताउँदै कोभिडले विद्यालय बन्द हुँदा धेरै विद्यार्थी प्रभावित बनेकोले ज्ञान, शिक्षा र दूरशिक्षाका लागि इन्टरनेटट अत्यावश्यक रहेकोले सहयोग गरिएको जानकारी दिईन ।
पोखराका चार बिद्यालयमा निःशुल्क इन्टरनेट सेवा
पोखराका चार बिद्यालयमा निःशुल्क इन्टरनेट सेवा

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु