रुकुम – १६ बर्षिया किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले एक पत्रकारलाई पक्राउ गरेको छ । ।
सिस्ने गाउँपालिका ८ का २४ वर्षीय सञ्जय नाथका बिरुद्ध बलात्कार गरेको मुद्धामा किटानी जाहेरी परेपछि प्रहरीले अनुसन्धान र कार्वाहीका लागि पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठका अनुसार १६ वर्षीया किशोरीलाई जंगलमा बलात्कार गरेको जाहेरीपछि नाथलाई पक्राउ गरिएको हो।
उनले गत सोमबार ती किशोरीलाई जंगलमा लगेर बलात्कार गरेको आरोप छ। उनीमाथि मंगलबार किटानी जाहेरी परेको थियो। उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ।
किशोरीको स्वास्थ्य परीक्षण गरिए पनि रिपोर्ट आइसकेको छैन। नाथविरूद्ध अदालतबाट म्याद थप गरेर अनुसन्धान गर्ने प्रहरीको तयारी छ।