काठमाडौं -नेपाली सुनचाँदी बजारमा छापावाल सुनको मूल्य आज प्रतितोला रु एक हजार ३ सयले बढेको छ । सुनको मूल्य प्रतितोला रु ९४ हजार कायम भएको छ । बुधबार उक्त सुन प्रतितोला रु ९२ हजार ७ सयमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५ सय रहेको छ । बुधबार प्रतितोला रु ९२ हजार २ सय तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य बुुधबारका तुलनामा रु २० बढेको छ । चाँदीको मूल्य रु एक हजार २ सय ७० कायम भएको छ । चाँदी बुधबार प्रतितोला रु एक हजार २ सय ५० मा कारोबार भएको थियो ।
महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावका आधारमा यहाँँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार ८ सय ५० डलरमा कारोबार भइरहेको छ ।