पोखरा – गण्डकी प्रदेशकै सवैभन्दा ठुलो मणिपाल शिक्षण अस्पताल किन्न लागेको बताउँदै सर्वसाधरणहरुसँग रकम असुल्ने ठगलाई प्रहरीले पक्राउ गरेको छ ।
अभियुक्त ठगले मणिपालको शेयर किन्नका लागि शेयर होल्डरहरुसँग सम्झौता हुँदै गरेको नक्कली कागजात देखाएर काठमाडौंका सर्वसाधरणवाट रकम संकलन गरेको प्रहरीले जनाएको छ ।
पोखराको मणिपाल शिक्षण अस्पताल किनेपछि पार्टनरसीप बनाउँछु भन्दै ५० लाख रुपयाँ बढि ठगि गरेको अभियोगमा प्रहरीले भारतको चेन्नईस्थित तामिलनाँडु घर भएका ४४ बर्षिय शिवम बिरुमुथु चेटियारलाई पक्राउ गरेको हो ।
चेन्नईका ठग चेटियारले आफू मेडिकल ब्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरहरुसँग कुराकानी भई सम्झौता गर्नका लागि एग्रिमेन्टको ड्राफ्ट समेत तयार भईरहेको नक्कली कागजात देखाएर रकम उठाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार चेटियारले मणिपाल शिक्षण अस्पताल किनेपछि पार्टरसिप बनाउँछु भनेपछि विभिन्न व्यक्तिहरुले आफ्नो जग्गाको लालपूर्जा समेत दिएका थिए । अभियुक्त चेटियारले ठगि धन्धा चलाउनका लागि विभिन्न बैंक र वित्तिय संस्थाको संस्थापक शेयर रहेको नक्कली कागजात र विवरण सर्वसाधरणलाई देखाएर झुक्काउँदै ठगि गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ ।
यसैगरी अयिभुक्तले नेपाल सरकारका उच्च अधिकारीसँग समेत निकट सम्बन्ध देखाएर विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र आफ्नो साथमा राखी सो नागरिकता मार्फत बैंक खाता संचालन गरी ठगी मार्फत आएको रकम जम्मा लगायत भुक्तानी लिने गरेको सूचनाको आधारमा महानगरिय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले बालुवाटारबाट चेटियारलाई पक्राउ गरेको हो ।
विभिन्न बहाना बनाएर अनुसार नै बिभिन्न ब्यक्तिबाट पटक पटक गरी उक्त रकम बराबरको ठगी गरेको तथा अन्य व्यक्तिहरुलाई ठग्दै गरेको अबस्थामा चेटियार पक्राउ परेका थिए ।
पहिला पनि पक्राउ परेका थिए चेटियार
प्रहरीले अनुसन्धानकोक्रममा २०७२ जेठ २२ गते बैदेशिक रोजगारी सम्बन्धी कसूरमा डिल्ली बजारमा २ वर्ष कैद तथा ३ लाख ५० हजार रुपैयाँ रकममा रिहा भएको खुलेको जनाएको छ । अभियुक्त चेटियारलाई थप अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर टेकु पठाईएको महानगरिय अपराध महाशाखाले जनाएको छ ।
मणिपाल अस्पताल किन्न लागेको भन्दै सर्वसाधरणसँग रकम असुल्ने ठग पक्राउ
मणिपाल अस्पताल किन्न लागेको भन्दै सर्वसाधरणसँग रकम असुल्ने ठग पक्राउ
"आफू मेडिकल ब्यवसाय गर्ने, मणिपाल अस्पताल खरिद गर्ने भारतीय शेयर होल्डरहरुसँग कुराकानी भई सम्झौता गर्नका लागि एग्रिमेन्टको ड्राफ्ट समेत तयार भईरहेको नक्कली कागजात देखाएर रकम उठाएको प्रहरीले जनाएको छ । "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु