गुवाहटी आसाम – पोखरेली चिकित्सक तथा साहित्यकार डा. कालु शर्माको पहिलो कृर्ति कटु सत्यको आसामको गुवाहटीमा चर्चा गरिएको छ ।
आसामको गुवाहटीमा रहेका नेपाली भाषी सर्जक तथा साहित्यकारहरुको साझा संस्था भारतेली नेपाली रम्बास मञ्चको आयोजनामा भारतको गुवाहटीमा बिहिवार अनेसास गण्डकी र मञ्च बीच अन्तर्रक्रियामा कटु सत्यको चर्चा गरिएको हो ।
पोखराबाट आएका अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीका आजिवन सदस्य डा। शर्मा र कृष्ण रानाभाट, कवि शोभाकान्त गौडेलले आसाम भ्रमणका तिता मिठा अनुभव व्यक्त गरेका थिए ।
अबसरमा मञ्चका संस्थापक मिलन बोहराले चिकित्सा पेशामा ब्यस्त डा. शर्मा साहित्यमा आउनुले नेपाली साहित्यकारहरुको लागि गौरवको बिषय भएको बताए ।
निकट समयमा प्रकाशन हुने रम्बास कविता संग्रह वर पिपलका सम्पादक द्वय प्राध्यापक देवी चरण शेडाई, प्रकाशक पुरुश्वोत्तम उपाध्याय दाहाल र खडानन्द शर्मा दुलालले प्रबासमा नेपाली साहित्यलाई माया गर्ने धेरैको संख्यामा रहेको जानकारी गराउँदै समय समयमा साहित्यीक कार्यक्रम गर्ने गरेको बताए ।
कार्यक्रममा रम्बास कवि अर्जुन उप्रेती, हिरण मयी आचार्य, निता गुरुङ, मालती गुरुङ, लक्ष्मण खनाल, चन्द्रु दहाल, चम्चा उपाध्याय, डा नारायण क्षेत्री, माधब दाहाल, सुनिता उपाध्याय, प्रकाश कोइराला लगाएतले डा। कालु शर्माको कटु सत्य कविता संग्रहको चर्चा गर्दै नेपाली, असामिया भाषाका रचना वाचन गरेका थिए ।
कार्यक्रमको अध्यक्षता तथा संचालन डा। देवेन सापकोटाले गरेका थिए भने आयोजकले अतिथिहरुलाई आसामिया गम्छाले स्वागत गरिएको थियो ।
नेपाली कृर्ति कटु सत्यको गुवाहटीमा चर्चा
नेपाली कृर्ति कटु सत्यको गुवाहटीमा चर्चा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु