मुगु – पानीको अभावमा गमगढी बजारमा सोमबार राति लागेको आगो नियन्त्रण गर्न समस्या भएको छ ।
छायाँनाथ नगरपालिकाको गमगढीमा दमकल नहुँदा स्थानीयवासीले बाल्टी, जर्किन, माटोको भरमा आगो निभाउनु परेको थियो ।
मध्यराति १२ बजेतिर स्थानीय ठिल्ले तामाङको घरबाट सल्किएको आगो ५ बजेसम्म पनि पूर्ण नियन्त्रणमा आएको थिएन ।
गुजुमुज्ज घरहरु जोडिएको बजारमा आगो निभाउन कच्ची घर भत्काएर आगो फैलनबाट रोकिएको थियो ।
आगलागीबाट १७ वटा घर जलेर पूर्णरुपमा खरानी भएको प्रहरी नायब उपरीक्षक चित्र भट्टराईले बताए ।
सोही आगलागीबाट मानवीय क्षति नभएपनि धनसम्पति जलेर खरानी बनेको छ । राति १२ बजे ठिल्ले तामाङको घरबाट सल्किएको आगो ५ बजेसम्म ८० प्रतिशत नियन्त्रणमा आएको अझै आगो निभाउन नसकिएको भएको प्रहरी नायब उपरीक्षकको भनाई छ ।
आगो नियन्त्रण गर्न स्थानीय, जनपथ प्रहरी सशस्त्र प्रहरी बल, नेपाली सेना, नगर प्रहरी रेडक्रसकर्मी खटिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी गराए ।
गमगढी बजारमा पानीको अभाव भएको आगो नियन्त्रणमा खटाएका टोलीले पाइप, बाल्टी, जर्किनमार्फत पानी प्रयोग गरेको प्रहरीको भनाई छ ।
सोही आगलागीबाट क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीको भनाई छ ।
पानी नहुँदा गमगढी बजारको आगो निभाउन समस्या, १७ घर जले
पानी नहुँदा गमगढी बजारको आगो निभाउन समस्या, १७ घर जले

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु