नेपाल आयल निगमले घाटा देखाएर फेरि पेटोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । नाफामा कहिल्यै पनि मूल्य घटाएर उपभोक्तालाई राहत नदिने आयल निगमले निकै छोटो अवधिमा मूल्य बढाएर जनताको ढाड सेक्ने काम गर्दै आएको छ ।
प्रति लिटर ८३ रुपयाँमा पेटोल किनेर १ सय ३५ रुपयाँ भन्दा बढि मूल्यमा विक्री गर्दा पनि आयल निगमले अझै घाटा भएको दावी गर्दै फेरि मूल्य बढाउने चलखेल गरेको प्रस्ट हुन्छ ।
ईन्धनमा आयल निगमले गरेको मूल्य बृद्धिको यतिखेर विरोधका आवाज गुन्जिन थालेको छ । विशेष गरी बिद्यार्थी संगठनहरुले मूल्य बृद्धिको बिरोध जनाउँदै बिरोधका कार्यक्रमहरु सार्वजनिक गर्दै देशभर ठाउँ ठाउँमा प्रर्दशन गरिरहेका छन ।
विप्लव नेतृत्वको नेकपाले पनि ईन्धनमा मूल्य वृद्धिको बिरोध गर्दै देशभर चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।
सधै घाटामा देखाउने आयल निगमले भने कर्मचारीहरुलाई बोनस, भत्ता लगायत अनेक सेवा र सुविधा दिदै आएको छ । आयल निगमका विभिन्न समस्याहरु मध्ये चुहावट मुख्य समस्या हो । त्यहाँभित्रका भ्रष्टचार, मिसावट, कमिसन अनेक समस्याहरुको खात भएको बेला बेलामा सार्वजनिक भइरहन्छ ।
देशको नेतृत्व गर्ने नेता र उच्च पदमा आसिन कर्मचारीहरु पदको दूरुपयोग गर्दै अकुत सम्पति आर्जन गर्नमा तल्लिन भएका तथ्य अनेक घटनाक्रमले देखाएका छन । जव देश हाँक्नेहरु स्वार्थको आहालमा डुवेर देश र जनतालाई बर्बादीतिर धकेल्छन तव उनीहरुलाई ठिक वाटोमा ल्याउन खवरदारी गर्ने काम नागरिक समाज तथा पेशागत बौद्धिक समुहको हो । पत्रकार, वकिल, मानवअधिकारकर्मी, शिक्षक, चिकित्सक, बिद्यार्थी लगायतका पेशा र व्यवसायीहरुको समुहले गलत कामको खबरदारी गर्दै देशलाई सहि दिशा निर्देश गर्नु परम दायित्व हो । तर नेपालमा नागरिक समाज र पेशाकर्मीहरु विभिन्न दलको दास भएर नेताहरुलाई रिझाएर सार्वजनिक पद पाउने लोभमा चाकडी, चाप्लुसी, भ्रष्टाचार लगायत आचरण विपरितका काम गरेका प्रशस्त उदाहरणहरु छन । यसैको परिणाम स्वरुप अहिले देश र जनताको वर्वादी हुन पुगेको छ । नेपाल भन्दा धेरै गुणा अविकसित देशहरु सुशाषन, मेहनत र ईमान्दारीताले विकासको वाटोमा लम्किरहेका छन । तर प्राकृतिक स्रोत साधनले भरिपूर्ण नेपालमा लाखौ युवा शक्ति परदेशमा पसिना र रगत वगाउन बिबश छन । बन्द बाकसमा लास बनेर फर्किने गरेका छन ।
यदी देश र जनतालाई बर्बादीको खाडलमा जानवाट बचाउने हो भने सबै मिलेर हर क्षेत्रमा जो कोहिले जुनसुकै प्रकारका गलत काम कार्वाही गरेपनि आवाज वुलन्द गरेर न्याय र शुशाषन कायम गर्न एउटा असल सच्चा ईमान्दार नागरिकको कर्तव्य हो । कुनै पनि दलको दास बनेर कालोलाई कालो भन्न डराउने बरु सेतो हो भनेर तारिफ गर्ने प्रवृत्ति सबैले त्याग्न सकेमा खराव काम गर्नेहरुलाई पाखा लगाएर देशलाई बिकास र उन्नतिको पथमा अघि बढाउन सकिन्छ । त्यसैले हरेक खालका विभेद, अपराध, भ्रष्टाचार, कालोवजारी, वेथितिको बिरुद्ध सबैले सामुहिक रुपमा आवाज उठाऔं
महंगीको विरोध गरौ
महंगीको विरोध गरौ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु