पोखरा – विकट वस्तीका बासिन्दामा आँखाको विभिन्न समस्याहरु देखा परेको छ । बाग्लुङको ढोरपाटन नगरपालिका १, बुर्तिबाङमा गरिएको आँखा शिविरमा आठ सय ९२ जनाको आँखा परीक्षण गर्दा ७७ जनाको शल्यक्रिया गर्नु परेको थिए । तीन दिनसम्म चलेको आँखा शिविरमा सात जनाको सात जनाको दुबै आँखाको शल्यक्रिया गरिएको थियो । शिविर पोखरा महानगरपालिका १ शंकर टोल स्थित पोखरा व्यावसायिक महिला क्लबको सक्रियतामा गरिएको थियो । बाग्लुङको ढोरपाटन १ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आँखाको परिक्षण गर्दा समस्या देखीएकाहरुको शल्यक्रिया गरिएको थियो ।
पोखरेली व्यवसायीक महिलाहरुको क्लबले जर्मनीका माईकल बाउर र साथिहरु सगै बाडेन बाडेनको आर्थिक सहयोग र हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा तीनदिने शिविर चलाएको थियो । शिविरमा ढोरपाटन नगरपालिका, लायन्स क्लब अफ ढोरपाटन, ढोरपाटन चेम्वर अफ कर्मश र बुर्तिबाङ राईजिङ युथ क्लबले सहयोग गरेका थिए ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र परिसरमा आयोजित शिविरमा विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सगै स्थानिय वासिन्दा सगै वरिपरिका क्षेत्रवाट आएका मानिसहरुको सहभागिता रहेको क्लबकी उपाध्यक्ष एंव नि शुल्क आँखा शिविर कार्यक्रमकी संयोजक धनेश्वरी पराजुलीले जानकारी दिईन । शिविरमा आठ सय ९२ जनाको आँखा परिक्षण सगै आवश्यक औषधी वितरण गरिएको थियो । आँखा जाच गरेकाहरुमध्ये ७७ जनाको आँखामा समस्या देखीएपछि उनिहरुको अप्रेशन गरिएको संयोजक पराजुलीले जानकारी दिईन । ७७ जनामध्ये सात जनाको दुबै आँखाको अप्रेशन गरिएको थियो । विगत केही समयदेखी आँखाका कारण समस्यामा परेकाहरु शिविरमा उपचार पछी आँखा देख्न सफल भएका थिए ।
यस अघि कार्यक्रमको उद्घाटन ढोरपाटन नगरपालिकाका मेयर देब कुमार नेपालीले कार्यक्रमको ब्यानरमा हस्ताक्षर गरि गरेका थिए । कार्यक्रममा क्लबकी उपाध्यक्ष एंव कार्यक्रम संयोजक पराजुली, सचिब इन्दु भट्टराई र सदस्य रजनी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।
क्लवले यस अघि पर्वतको मोदि गाँउपालिका ७ राम्जाठाटी स्थित पशुपति माध्यमिक विद्यालयमा, पोखरा महानगरपालिका १५ स्थित परोपकार गुरुकुल आश्रममा, पर्वतको मोदि गाउँपालिका वडा नम्वर १ सेराबेशि लगायतका स्थानमा नि शुल्क आँखा शिविर संचालन गरिसकेको छ । यसै गरि हिमालय आँखा अस्पताल पोखरालाई करिव आठ लाख मुल्य बरावरको आँखा जाच्ने मेसिन सहयोग गरेको थियो ।