बैतडी- बैतडीमा जन्ती बोकेको जीप भीरवाट खस्दा पाँच जन्तीको मृत्यु भएको छ ।
दशरथचन्द नगरपालिका—२ को थलालगाउबाट जन्ती बोकेर सोहि नगरपालिकाको वडा नं —६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बर जिप आईतवार राति आठ बजेतिर भीरवाट खसेर दुर्घटनामा परेको थियो ।
दशरथचन्द राजमार्गको गोठलापानी—झुलाघाट सकड खण्डको कलुवाडमोडमा जन्ती वोकेको जीप भीरवाट करिव सात सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा २ जना गम्भीर घाइते भएका जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । उनका अनुसार ५ जनाको घटनास्थलमै मृत्यु भएको हो ।
मृत्यु हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ६५ वर्षका प्रेमबहादुर चन्द ,६५ वर्षका तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की रहेका छन् ।
घाइते हुनेमा दशरथचन्द नगरपालिका ६ का ४८ वर्षका हर्कबहादुर चन्द र जिप चालक डडेल्धुराका ४० वर्षीय दीपक माली छन् । घाईतेहरुलाई थप उपचारको लागि डडेलधुरा रिफर गरिएको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
बैतडीमा जन्ती बोकेको जीप भीरवाट खस्दा पाँच जन्तीको मृत्यु
बैतडीमा जन्ती बोकेको जीप भीरवाट खस्दा पाँच जन्तीको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु