पोखरा -पोखरा–बागलुङ सडक खण्डको पाउँदुरमा घरमाथि यात्रुवाहक वस खस्दा घरमालिकसहित नौ यात्रु घाईते बनेका छन । भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको बस मंगलवार बिहान सात बजे सडकबाट करिब ३० मिटर तल खसेको थियो ।
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ पाउदुरघुम्तीमा स्थानीय जुमकाजी विकको घरमा बस खस्दा बिक सहित नौ जना घाईते भएका प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा वागलुङ नगरपालिका वडा नं। ६ लहरे पीपल बस्ने २९ बर्षीय शिवराम शर्मा, बागलुङ ठुलढुङ्गा बस्ने ४८ बर्षीय कृष्ण खड्का, बागलुङ नगरपालिका वडा नं। १४ बलेवा बस्ने २५ बर्षीय राजु श्रेष्ठ, बागलुङ नगरपालिका वडा नं। २ आवारोड बस्ने ४२ बर्षीय सुवर्ण सापकोटा ९महिला०, पर्वत फलेवास नगरपालिका वडा नं। ४ बस्ने ३५ बर्षीय सुर्य तिवारी, चितवन भरतपुर नगरपालिका वडा नं। ३ राम्जालीमार्ग बस्ने २३ बर्षीया साधना उपाध्याय, पाल्पा घर भएका बस चालक ४६ बर्षीय भुपेन्द्र भनिने भुपनाथ खनाल र घरमूली कास्की अन्नपूर्ण गाउँपालिका वडा नं. ३ पाउदुर बस्ने माया विक रहेका छन् । उनीहरुको पोखराका विभिन्न अस्पतालहरुमा उपचार जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
पोखरा–बागलुङ सडकको पाउँदुरमा घरमाथि बस खस्दा नौ घाईते
पोखरा–बागलुङ सडकको पाउँदुरमा घरमाथि बस खस्दा नौ घाईते

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु