पोखरा – गरिव र विपन्न वर्गका बिद्यार्थीको अध्ययनमा सहयोग गर्ने उदेश्यले तालवाराही माध्यमिक विद्यालयका एक बिद्यार्थीले आमा र वुवाको नाममा अक्षय कोष खडा गरेका छन ।
पोखरा महानगर पालिका ६ बैदाम निवासी कृष्ण पहारी र उनकी श्रीमति सरु पहारीले आमा देवि पहारी र वुवा रामजीप्रसाद पहारीको नाममा अक्षयकोष खडा गरेका हुन । कृष्ण पहारी बाराही माध्यमिक विद्यालय बैदामका पूर्व विद्यार्थी हुन ।
आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीहरुको पढाइलाई सहयोग पु¥याउने उद्देश्यसाथ पोखरा ६ बैदाम निवासी पहारी दम्पतीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको कोष स्थापना गरिदिएका हुन् । पहारीले आइतबार एक कार्यक्रमको आयोजना गरी बुवा रामजी प्रसाद पहारी र आमा देवी पहारीले चेक विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण न्यौपाने र विद्यालयका प्रधानाध्यापक तारा प्रसाद पोखरेललाई सयुक्त रुपमा हस्तान्तरण गरेका थिए । अक्षय कोष दाता पहारीले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्ने पाउँदा खुशि लागेको बताए ।
उक्त अवसरमा श्री कृष्णका बुवा पहारी ले कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गरे । ‘कोषको सही सदुपयोग हुनेमा विश्वस्त छौं’, उनले भने, ‘आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनाले कोष स्थापना गरेका हौ ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण न्यौपानेले लक्षित विद्यार्थीको पठनपाठनमा सहयोग पुगेमात्र कोषको सार्थकता पूरा हुने बताए ।
विद्यालय प्रधानध्यापक तारा प्रसाद पोखरेलले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पु¥याउने प्रतिबद्धता जनाए ।
आमा वुवाको नाममा पूर्व बिद्यार्थीद्धारा अक्षय कोष
आमा वुवाको नाममा पूर्व बिद्यार्थीद्धारा अक्षय कोष

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु