तनहुँ – बनमा राति शिकार खेल्न साथिसँगै गएका शुक्लागण्डकी नगरपालिका १, थप्रेकका १७ बर्षिय रोहित मल्लको गोली लागेर मृत्यु भएको छ ।
शुक्लागण्डकीको रतनपुर सामुदायिक बनको तुरतुरे पाखामा शिकार खेल्न जाँदा आफैले बोकेको बन्दुकको गोली लागेर मल्लको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले घटना बारे थप अनुसन्धान गर्न रोहितसँगै शिकार खेल्न गएका ४७ वर्षीय छिमेकी सुनबहादुर गुरुङलाई बन्दुकसहित पक्राउ गरिएको वताएका छन ।
गोली लागेर युवकको घटनास्थलमै मृत्यु भएको डीएसपी खड्काले जानकारी दिए । ‘दुई जना सिकार खेल्न गएका रहेछन् । त्यसैबेला गोली लागेर घट्नास्थलमै मृत्यु भएको रहेछ,’ उनले भने ।