काठमाडौं -समग्रमा नेपालको पत्रकारिता र पत्रकारको अबस्था हेर्ने हो भने निकै दयनीय देखिन्छ । पत्रकारिताको आचारसंहिता अनुसार ईमान्दारिताका साथ पत्रकारिता गर्दै आएका पत्रकार र संचारगृहको आर्थिक अबस्था निकै नाजुक भेटिन्छ । तर त्यही पत्रकारिताको खोल ओढेर लुटको धन्धा चलाउनेहरुको पनि कमि छैन नेपालमा । फरक यति मात्रै छ कि कोहि एक बोतल रक्सी, एक प्लेट मःममा विक्छन भने कुनै पत्रकार र संचारमाध्यम हजारौदेखि, लाखौ र करोडौंको बार्गेनिङ्ग गरेर रोडवाट करोडपति र करोडवाट खर्वपति बनेका छन । आफुले भनेको काम र मागेको जस्तो रकम पाए ठुला ठुला अपराधलाई पनि गुपचुप राख्ने र नपाएको खण्डमा साना कमी कमजोरीलाई पनि बढाई चढाई गरेर ठुलो अपराधी सावित गर्ने लुटेरा पत्रकार र संचारगृहहरुले पत्रकारितालाई बदनाम गर्दै आएका छन । समाजमा गल्ती गर्नेहरु आफ्नो वेईज्जत हुने डरले लुटधन्धा चलाउने लुटेरा पत्रकारहरुको माग पुरा गर्ने प्रवृत्तिले पनि लुटधन्धालाई प्रोत्साहन गरेको छ ।
धुत र लुट पत्रकारिताको खेति फस्टाउँदो भएपनि कमै पात्रहरु कार्वाहीको दायरामा तानिएका छन । काठमाडौंमा पत्रकारिताको खोल ओढेर यसरी नै लुट धन्धामा संलग्न युवती पक्राउ परेकी छिन । समाजमा प्रतिष्ठित मानिएका विभिन्न व्यक्तिहरुसँग तस्वीर खिचाएर फेसवुकमा राख्ने र आफ्नो प्रभाव देखाउँदै मानिसहरुलाई डर, त्रास र आस देखाएर कमाउ धन्धामा लाग्ने एन्जिना कार्कीलाई ठगिको अभियोमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
कार्कीलाई बसन्तपुरबाट मंसिर २२ गते नगद एक लाख सहित महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले पक्राउ गरेको हो । उनीले एक सहकारी सहकारीलाई लामो समय देखि ठूलो रकम माग्दै आएकी थिइन् । कार्कीले सहकारीसँग ८ लाख बैंक मार्फत लिएकी थिइन् भने विभिन्न समयमा गरेर ७ लाख लिइसकेकी थिइन् । अति नै भएपछि सहकारीले प्रहरीलाई खवर गरी एन्जिनालाई स–प्रमाण पक्राउ गरेको हो । कार्कीमाथि सहकारी लगायत विभिन्न व्यक्तिको रकम ठगी गरेको समेत आरोप छ ।
कार्कीले तीन वर्ष तराइ टेलिभिजनमा काम गरेकी थिइन् । हिमाल टेलिभिजन हुँदै भारतको जि टिभीमा नेपालबाट स्टीन्जरको रुपमा कार्यरत थिइन् । भारतिय टेलिभिजन जि–टिभीमा काम गरेपछि उनीले नेपाल रहेर केही अनलाइन न्यूज पोर्टलसँग मिलेर सहकारीहरुबाट पैसा असुल्ने काम शुरु गरेकी थिइन् । अहिले एन्जिना कुनै पनि संचार माध्यममा आवद्ध नरहेको तर पत्रकारिता पेशाको नाममा उनले ठगी गर्दै आइरहेकी थिइन् । उनलाई ठगी कार्यमा उनको फेसबुकमा रहेका नेपालका संचारकर्मी, व्यवसायी र राजनीतिक पार्टीका व्यक्तीहरुसँग खिचाएको तस्विरले सहयोग गरेको थियो । उनको यस्तो धन्दामा उनीसहित सात ,आठ जनाको समूह रहेको छ ।
अहिले एन्जिना कार्कीलाई सोह्रखुट्टे प्रहरी वृत्तमा राखिएको छ । उनीले विभिन्न काम बनाइदिन्छु भन्दै रकम समेत असुल्ने गरेको स्रोहखुट्टे प्रहरीले जनाएको छ । कार्कीलाई हिरासतमा राखिएपछि अनुसन्धान भने जारी रहेको प्रहरी जनाएको छ । जनसेवाका प्रमुख डिएसपी डिल बहादुर मल्लले पनि उनलाई पक्राउ गरिएको पुष्टि गरे ।
पत्रकारको खोल ओढेर लुट धन्धामा संलग्न युवती पक्राउ
पत्रकारको खोल ओढेर लुट धन्धामा संलग्न युवती पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु