काठमाडौं – आफुसँगै काम गर्ने साथिको श्रीमतिको अश्लिल फोटो आफन्तलाई पठाएर ब्ल्याकमेल गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई कलकीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्ने अभियुक्त भारतको उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालीम रहेका छन । सालिमलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका १४ कलंकीबाट प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त सालिमले बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडी अश्लिल फोटो सामाजिक संजाल फेसबुक र वास्ट्एप मार्फत महिलाको आफन्तलाई पठाएका प्रहरीले जनाएको छ । साथै अभियुक्तले पीडितको नामबाट नक्कली फेसबुक आईडि बनाएर अश्लिल फोटो पोष्ट गरी महिलाको चरित्र हत्या गरेका महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । अभियुक्त सालिमका बिरुद्ध विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरी ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।