काठमाडौं- नेपाल इन्जिनियरिङ परिषद्ले आचारसंहिता तथा ऐनविपरीत काम गरेको भन्दै १८ जना इन्जिनियरको लाइसेन्स खारेज गरेको छ ।
नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ को दफा १८ को उपदफा ९१० खण्ड ९ग० र खण्ड ९ङ० बमोजिम परिषद्को विभिन्न मितिमा निजहरुको नाम दर्ता किताबबाट हटाउने निर्णय भए अनुसार दर्ता किताबबाट हटाइएको जनाएको छ ।
परिषद्ले विभिन्न उजुरीको आधारमा छानबिन गर्दा कैफियत देखिएपछि दर्ता किताबबाट हटाईएको रजिष्ट्रार इन्जिनियर शिवमंगल गिरीले बताए ।
परिषदको बैठकले विभिन्न समयमा दर्ता किताबबाट हटाउने निर्णय गरेकाहरु मध्ये १० जनाको लाईसेन्स पूर्ण रुपमा खारेज भएको र बाँकी ८ जनाको भने सर्वोच्चले परिषदको निर्णय कार्यन्वयन नगर्नु भनी अन्तरिम आदेश दिएको छ ।
रजिष्ट्रार गिरीको अनुसार दर्ता किताबबाट हटाइएका व्यक्तिहरुले इन्जिनियरिङका कुनै पनि काम गर्न पाउँदैनन् । सर्वोच्च अदालतले दर्ता किताबबाट हटाइएका व्यक्तिको हकमा फैसला गरेको अवस्थामा भने पुनः दर्ता हुन्छ । लाइसेन्स खारेज हुने इन्जिनियर सिभिल र जियोलोजी विधाका हुन् । दर्ता किताबबाट नाम खारेज भएपछि इन्जिनियरको लाइसेन्स स्वत स् खारेज हो । कसैले आचारसंहिता उल्लंघन गरेमा र त्योबाहेकको काम गरेमा इन्जिनियरको लाइसेन्स खारेज हुने ऐनले व्यवस्था गरेको छ ।
परिषद्ले निर्णय गरेपछि दर्ता किताबबाट हटाए पनि परिषदको वेबसाइटमा भने भर्खरै राखेको हो । रजिष्ट्रार गिरीले भने ‘परिषदको निर्णय भएपछि दर्ता किताबबाट हटाइएको हो । तर कारबाहीमा परेकाहरुको नामावली सार्वजनिक गर्न सुझाव आएपछि भर्खरै राखिएको हो ।’
आचारसंहिता विपरित काम गर्ने १८ इन्जिनियरको लाइसेन्स खारेज
आचारसंहिता विपरित काम गर्ने १८ इन्जिनियरको लाइसेन्स खारेज

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु