काठमाडौँ – सर्वोच्च अदतलतको पूर्ण बैठक फुलकोर्टले देशभरका उच्च र जिल्ला अदलतमा पनि गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गरेको छ । बुधबार बसेको पूर्ण बैठकले उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्नका लागि गोला प्रणाली अपनाउने निर्णय गरेको हो ।
उच्च र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्नका लागि कानुनी व्यवस्था गर्न फूल कोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ ।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले माघ २ गतेबाट उच्च अदालत र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गर्दै त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न निर्देशन दिएको हो । ‘जिल्ला अदालत नियमावली, २०७५ र उच्च अदालत नियमावली, २०७५ मा गोला प्रक्रियाबाट पेसी तोक्ने व्यवस्था लागु गर्न आवश्यक पर्ने संशोधन प्रस्ताव पेस गर्न फूल कोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको छ,’ उनले भने ।
गोला प्रणालीबाट पेसी व्यवस्थापन गर्नका लागि निर्देशिका तयार पार्न पनि फूल कोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको हो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीश बसेर फुलकोर्टले निर्णय गरेको थियो । उक्त निर्णयमा प्रधानन्यायाधीश जबराले हस्ताक्षर गरेका छन् ।
सर्वोच्च अदलातमा मंसिर १५ गतेदेखि गोला प्रणालीबाट पेसी तोकिँदै आएको छ । प्रधानन्यायाधीश जवरा विवादमा परेपछि न्यायाधीशहरूले उनले तोकेको इजलास बहिस्कार गर्दै आएका थिए ।
पछिल्लो समय प्रधानन्यायाधीश जबराले फुलकोर्टमा भौतिक रूपमा उपस्थिति जनाउन सकेका छैनन् ।
उच्च र जिल्ला अदालतमा गोलाबाट पेसी तोक्ने
उच्च र जिल्ला अदालतमा गोलाबाट पेसी तोक्ने

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु