पर्सा -सोह् बर्षिया किशोरीलाई मायाजालमा पारेर करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
वीरगञ्ज महानगरपालिका १६ नगवाटोल बस्ने १९ वर्षीय नितेश कुमार महतोले १६ बर्षिया किशोरीलाई बिबाह गर्छु भन्दै एक महिनादेखि करणी गर्दै आएको प्रहरीले जनाएको छ ।
महत्तोले मायाप्रेमको झूठो कुरा गरी अनुचित प्रभाव र दबाबमा पारेर गत मंसिर २३ गते कलेज पढन जाने क्रममा बहुदरमाई नगरपालिका ४ टोल डकैलास्थित आफ्नो दिदीको घरमा लगेर पटक पटक करणी गरेको प्रहरीले वताएको छ ।
अभियुक्तका बिरुद्ध उजुरी परेपछि प्रहरीले महतोलाई वीरगञ्ज महानगरपालिका १६ नगवाबाट पक्राउ गरी जबरजस्ती करणी सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
मायाजालमा पारेर किशोरीलाई करणी गर्ने पक्राउ
मायाजालमा पारेर किशोरीलाई करणी गर्ने पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु