हुम्ला – अन्तरजातिय विवाहपछि गाउँमै लुकुछिपी वसेका एक जोडीलाई केटी पक्षका आफन्तले कव्जामा लिई युवतीलाई माईतिमा लगेका छन भने दलित युवकलाई वेपत्ता पारिएका छन । वेपत्ता युवकका आफन्तले केटी पक्षले छोरालाई कव्जामा लिएर कुटपीट गर्दै वेपत्ता पारेका वताएका छन ।
हुम्लाको सर्केगाड गाउँपालिका १ जैर गाउँका १९ बर्षिय चन्द्रे कामी र मुगु सोरु गाउँपालिका ४ लिप्रु गाउँकी १९ बर्षिया सुन्तली मल्लको जोडीलाई जात नमिलेको भन्दै केटी पक्षका आफन्तले केटालाई निर्घात कुटदै केटीलाई आफैसँग लिएर गएका हुन ।
आपसी प्रेम सम्वन्धपछि दुई महिनाअघि चन्द्रेले सुन्तलीसँग अन्तरजातिय विवाह गरेपछि ना ता तोडिने त्रासले आफन्त कहाँ लुकेर बस्दै आएका जोडीलाई केटी पक्षले गत मंसिर २९ गते सर्केगाडबाटै नियन्त्रणमा लिएर केटा र केटीलाई आफैसँग लिएर गएका गाउँलेले वताएका छन । मध्यराति बाह् बजेतिर केटीका वुवासहित आएका दुई दर्जन मुगु सोरुका समुहले केटालाई पाता फर्काएर बाँधेर कुटपीट गर्दै आफैसँग लगेका केटाका आफन्तलाई उदधृत गर्दै सर्केगाड गाउँपालिका १ का वडाध्यक्ष गोकुल वुढाले वताए र्। केटीतिरका आफन्तहरु राति आएर केटीलाई लगेछन र केटालाई पनि कुटदै लगेका केटाका आफन्तले वताएका छन,’ वडाध्यक्ष वुढाले भर्ने चार दिन वितिसक्यो, केटाको अत्तोपत्तो छैन, प्रहरीहरु खोज्न र वुझन गाउँमै आएर बसेका छन तर फेला पार्न सकिएको छैन,’ वडाध्यक्ष बुढाले आवरअल न्यूजसँगको कुराकानीमा भर्ने केटीका आफन्तले नै केटालाई वेपत्ता पारेका हुन भन्ने हामीलाई लागेको छ ।’
मुगुवाट युवती भगाएर ल्याएदेखि नै सुन्तलीका आफन्तले चन्द्रेलाई खोज्दै आएका र केहि पनि नगर्ने आश्वासन दिएर बोलाएपछि कुटपीट गर्दै वेपत्ता पारेका पीडित परिवारले वताएका छन । केटीका आफन्तले चन्द्रेलाई नांगै बनाएर कुटदै लगेको भन्ने आरोप घटनास्थल नजिकै चन्द्रेले लगाएको कपडा भेटिनुले पनि पुष्टि गर्ने वडाध्यक्ष बुढाले वताए ।
घटनापछि चन्द्रे कामी वेपत्ता भएपछि वुवा धनञ्जय कामीले खोजविनका लागि हारगुहार गर्दै गाउँका अगुवासँगको सहयोगमा प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
युवतीका माइतीपक्षले सुरुदेखि नै चन्द्रेको खोजी गर्दै आएको खुलेको छ । दुई महिनापछि चन्द्रेसँग माइतीपक्षको सम्पर्क भएको र आफूहरुले केही नगर्ने भन्दै सम्पर्कमा बोलाएको खुलेको छ ।
बुढाले दलित युवक वेपत्ता पारिएको घटनालाई हुम्ला र मुगुका नेताहरु मिलेर तोडमोड गर्न खोजिएको वताए ।
बेपत्ता चन्द्रे कामीका भिनाजु धुनि भियालले अहिलेसम्म अवस्था अज्ञात हुँदा परिवार चिन्तामा रहेको बताए । ‘‘घटनालगत्तै प्रहरीलाई खबर गरेका थियौँ । हामी केही पनि जान्दैनौँ । बेपत्ता केटा नभेटिँदै भित्रभित्रै मिलाउन खोजिँदैछ । हामीले कहाँबाट न्याय पाउने ?” भियालले भने ।
उपल्लो जातकी युवतीसँग प्रेम विवाह गर्ने दलित युवकलाई निर्घात कुटेर वेपत्ता पारियो
उपल्लो जातकी युवतीसँग प्रेम विवाह गर्ने दलित युवकलाई निर्घात कुटेर वेपत्ता पारियो
"दलित युवक वेपत्ता पारिएको घटनालाई हुम्ला र मुगुका नेताहरु मिलेर तोडमोड गर्न खोजिदै "

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु