काठमाडौं – बेल्जियम लैजान्छु भन्दै एक नेपाली महिलालाई भारतको दिल्लीमा लगेर बेच्ने युवराज गुरुङलाई प्रहरीले २२ बर्षपछि पक्राउ गरेको छ ।
संखुवासभा मादी नगरपालिका ३ का ५२ वर्षीय युवराजलाई प्रहरीे दुई साताअघि पक्राउ गरेको हो ।
बेल्जियम लगेर राम्रो काममा लगाईदिने प्रलोभन देखाएर महिलाको घर बेच्न लगाएर पाएको रकम, थप ५० हजार रुपयाँ, सुनका गहना समेत कुम्ल्याएर युवराजसहितको गिरोहले दिल्लीमा लगेर बेचेको प्रहरीले जनाएको छ ।
नेपाली मुलका बेल्जियम नागरिक बनेका युवराजलाई बेल्जियमवाट नेपालमा कृर्षिजन्य सामाग्रीको व्यापार व्यवसाय गर्ने सिलसिलामा काठमाडौंं आएको वेला प्रहरीले पक्राउ गरेको थियो । युवराजले ती महिलालाई २०५५ सालमा घरबाट काठमाडौं ल्याएर आफन्तसँग सम्पर्क गर्न नदिई लुकाई बेपत्ता बनाएको भन्ने उजुरी दिएपछि प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले युवराजलाई पक्राउ गरेको थियो । ललितपुर महानगरपालिका २ सानेपाबाट पक्राउ परेका युवराज सहितको गिरोहले पीडित महिलालाई नेपालबाट बेल्जियम जान मिल्दैन भारतको बाटो हुँदै जानुपर्छ भन्दै भारतको नयाँ दिल्लीसम्म ओसारपसार गरी एक महिनासम्म अलपत्र बनाई राखेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
बेल्जियम लैजान्छु भन्दै दिल्लीमा लगेर महिला बेच्ने युवराज २२ बर्षपछि पक्राउ
बेल्जियम लैजान्छु भन्दै दिल्लीमा लगेर महिला बेच्ने युवराज २२ बर्षपछि पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु