पोखरा – ओछ्यानमा पिसाब फेर्ने समस्या भएका बालकको लिंगमा रबर बाँधिदिने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
राति सुत्ने बेलामा बालकको लिंगलमा रबर बाँधेर बालकको ज्यानमाथि खेलवाड गर्ने ती वार्डेनलाई प्रहरीले पक्राउ गरेको छ ।
ओछ्यानमा पिसाब फेरेको झोंकमा बालकको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्ने
पोखराको न्यु लाइफ होस्टलकी वार्डेन २७ बर्षिया जानुका नेपाली हुन । नुवाकोटको पञ्चकन्या गाउँपालिका २ घर भइ पोखरा १४ बस्दै आएकी जानुकालाई बालकलाई यातना दिएको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । पोखरा १५ गलेश्वरचोकस्थित न्यु लाइफ होस्टलकी वार्डेन २७ वर्षीया जानुका विरुद्ध बालबालिका सम्बन्धी ऐन, २०७५ अन्तर्गत बालबालिका विरुद्धको कसूरमा जिल्ला अदालत कास्कीबाट पांच दिन म्याद थप गरी प्रहरीले अनुसन्धान शुरु गरेको छ ।
होस्टल नजिकैको सिद्ध स्कुलमा नर्सरीमा अध्ययनरत ती बालक लामो समयसम्म यौनांग बाँधिएका कारण असह्य भएपछि कक्षा कोठामा चर्को स्वरमा रोएको र त्यसैबाट उनको यौनांग बाँधिएको खुल्न आएको थियो । स्कुलले थाहा पाउँदा बालकको पेट पनि फुलिसकेको थियो । रबरले बाँधिएका कारण पिसाब बन्द भएर पेट फुलेर दुःखेपछि बालक रुने कराउने गरेका प्रहरीले जनाएको छ ।
हिमालयन गुडलाइफ, काठमाडौंद्वारा सञ्चालित उक्त होस्टलमा अभिभावक नभएका नौ विद्यार्थीले आश्रय लिंदै आएका छन । डोल्पाबाट पोखरा पढ्न राखिएका ती बालकको बुवा बितिसकेको र आमा गाउँमै रहेको बुझिएको छ ।
यसैबीच प्राप्त अर्को एक जानकारी अनुसार, अबैध रुपमा पोखरामा संचालन हुँदै आएको त्यस होस्टलमा भएको त्यस घटना बाहिरिन नदिन होस्टल कर्मचारी र स्कुलबीच गोप्य सम्झौता भएको खुलासा भएको छ । उक्त लिखित सम्झौतामा स्कुलका सहायक प्रधानाध्यापक जुना थापा, होस्टल सञ्चालकद्वय राहुल नेपाली र गणेश परियार नर्सरी शिक्षक सिर्जना कँडेल, केजी शिक्षक सम्झौता गौतम, आरोपी जानुका नेपाली र उनका श्रीमान किसन नेपालीले हस्ताक्षर गरेका छन ।
उक्त लिखित सम्झौतामा आइन्दा यस्ता घटना दोहोरिन नदिने प्रतिवद्धता होस्टल सञ्चालक राहुल नेपालीले गरेका छन । सम्झौतामा भनिएको छ, ‘आइन्दा यस्तो घटना दोहोरिएको पाइएमा जे कारबाही पनि भोग्न तयार भएको व्यहोरा जानकारी गराइन्छ ।’
हिमालयन गुड लाइफ काठमाडौंद्वारा सञ्चालित उक्त होस्टल पोखरामा कहीं कतै दर्ता नभएको पाइएको वडाअध्यक्ष प्रकाश पौडेलले बताए ।
करिब ६ महिनाअघिदेखि पोखरामा संचालन हुँदै आएको उक्त होस्टलको स्थानीय सञ्चालक गणेश परियार रहेको र होस्टल इटहरीमा दर्ता भएको भनी सहसञ्चालक राहुल नेपालीले जानकारी दिएको सहप्रधानाध्यापक थापाले बताइन ।
ओछ्यानमा पिसाब फेरेको भन्दै बालकको लिंगमा रबर बाँधिदिने होस्टल वार्डेन पक्राउ
ओछ्यानमा पिसाब फेरेको भन्दै बालकको लिंगमा रबर बाँधिदिने होस्टल वार्डेन पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु