काठमाडौं -यातायात व्यवस्था विभागले मोटरसाइकल दुई पाङ्ग्रे सवारीको पछाडि बस्नेलाई हेल्मेट अनिवार्य गर्ने तयारी गरेको छ ।
विभागले अहिले पनि लागु भइरहेको र अब कडा गरी अनिवार्य गर्ने तयारी भइरहेको जनाएको छ । पछाडि बस्ने यात्रु सुरक्षाको लागि ऐनमै अनिवार्य गर्न गरी कडाइका साथ कार्यान्वयनमा ल्याइने विभागका प्रवक्ता लोकनाथ भुसालले बताए ।
यसका लागि विभागले सवारी तथा यातायात व्यवस्था ऐन २०७७ को ड्राफ्ट तयार पारी राय, सुझावका लागि कानुन मन्त्रालय पठाइसकेको छ । प्रवक्ता भुसाल भन्छन्, ‘‘पछाडि बस्ने यात्रुले हेल्मेट लगाउने नियम अहिले पनि लागु भएकै छ । अब यसैलाई कडा रूपमा कार्यान्वयन गरिनेछ । अहिले अनिवार्य गरिने ऐन प्रक्रियामा छ । यो प्रक्रिया पूरा भएपछि कुरा गर्छु ।”
विभागले मन्त्रालय पठाएको ऐनमा मोटर साइकल दुई पाङ्ग्रे सवारी चलाउँदा पछाडि बसेर यात्रा गर्ने यात्रुको ज्यान जाने खतरा भएकाले हेल्मेट लगाउनुपर्ने भनी उल्लेख गरिएको छ । यही ऐनलाई संसोधन गरी अनिवार्य गर्न लागिएको विभागले जनाएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले २०६५ सालमा पछाडि बस्ने यात्रुले हेल्मेट लगाउनुपर्ने नियम ल्याउने तयारी गर्दा चौतर्फी आलोचना भएको थियो ।
अहिले पनि हेल्मेट व्यापारीले विभागलाई रुपैयाँ खुवाएर यस्तो नियम अनिवार्य गर्न लागिएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ
मोटरसाइकल पछाडि बस्नेलाई हेल्मेट अनिवार्य
मोटरसाइकल पछाडि बस्नेलाई हेल्मेट अनिवार्य

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु