जनकपुरधाम – नेपाली कांग्रेस प्रदेश २ को निर्वाचन गराउने -नगराउने विषयमा कुटाकुट भएको छ । निर्वाचन स्थल जनकपुरधामको गोपाल धर्मशालामा सभापतिका उम्मेद्वार रामसरोज यादव र कृष्ण यादव समूहबीच आज निर्वाचन गराउने र नगराउने विषयमा भएको विवादमा कुटाकुट भएको हो । सो कुटाकुटमा आधा दर्जन व्यक्ति घाइते भएको र निर्वाचन स्थलमा तोडफोड भएको छ । प्रदेश निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन ढिलो गरेको र मतपत्र समयमै नछापिएको कारण बिहान ८ बजे हुने भनिएको निर्वाचन ढिलो हुन गएपछि विवाद भएको हो ।
निर्वाचन अधिकृत प्रल्हाद गौतममले दुवै समूह सहमति गरेर आएपछि मात्रै निर्णय हुने जानकारी दिए । अहिले निर्वाचन स्थलमा दुवै समूहले होहल्ला र नाराबाजी गरिरहेका छन् । निर्वाचन स्थलको अवस्था तनावग्रस्त छ भने व्यापक रूपमा प्रहरी परिचालन गरिएको छ । प्रदेश २ मा विभिन्न ७२ सिटका लागि १७४ जना उम्मेद्वार छन् ।
निर्वाचन बिबादमा कांग्रेसमा कुटाकुट
निर्वाचन बिबादमा कांग्रेसमा कुटाकुट

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु