काठमाडौँ -पार्टी नेतृत्वमा अधिकांश ढोंगी देखिएको भन्दै रन्जु दर्शनाले विवेकशील साझा पार्टी छाडेकी छिन् ।
बिहीबार अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै रन्जुले साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेकी घोषणा गरेकी हुन् । वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठनको मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएको रन्जुले बताएकी छिन् ।
२०७४ सालको स्थानीय चुनावमा काठमाडौंको मेयरकी उम्मेदवारसमेत रहेकी उनले पत्रमा भनेकी छिन्, विसं २०७० बाट सुरु भएको राजनीतिक यात्रामा कैयौं उताव(चढावहरु आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ। तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ।ु
नेतृत्वका कारण राजनीतिमा आउन चाहने नयाँ पुस्तालाई समेत विश्वासको संकट उत्पन्न भएको उनको भनाइ छ । उनले अगाडि भनेकी छिन्, ुसंघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्घन्दित बनाएर भइरहेका सम्पूर्ण कदम , व्यवहारले अगामी दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ।ु
सके सफा गर्छु नसके फोहोर गर्दिनँ भनेर आफू राजनीतिमा प्रवेश गरेको उल्लेख गर्दै उनले भनेकी छिन्, ुमेरो लागि यो भन्दा दुःख लाग्ने कुरा अन्य छैन। म राजनीतिमा सके सफा गर्छु नसके फोहोर गर्दिन भन्ने अठोटका साथ आएको व्यक्ति हुँ। वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, उर्जा, विध्वता, भावना, आर्थिक केहि पनि कुरा प्रदान गर्न असमर्थ छु। तसर्थ यसै ईमेल र पत्र मार्फत सदाका लागि यस पार्टी सँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको छु।ु
केही दिनअघि विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो । अध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक दस्तावेजका कारण पार्टीमा विवाद चुलिँदै गएको छ ।अध्यक्ष मिश्रको संविधानका मूल विशेषता र गणतन्त्रप्रति नै आरोपित गर्ने दस्ताबेजका कारण दलभित्र दुई धार स्पष्ट देखिएको छ ।
नेतृत्व ढोंगी भन्दै रन्जु दर्शनाले त्यागिन् विवेकशील साझा पार्टी
नेतृत्व ढोंगी भन्दै रन्जु दर्शनाले त्यागिन् विवेकशील साझा पार्टी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु