सिरहा – घरायसी झगडामा चिर्पटले हानेर श्रीमानको हत्या गर्ने श्रीमतिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने महिला धनगढिमाई नगरपालिका १४ मरानकी ३५ बर्षिया हर्कमाया विक रहेकी छिन । हर्कमायाले ४० वर्षीय श्रीमान टेक बहादुरको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी थिईन ।
हर्कमायाले चिर्पटले हानेपछि गम्भिर घाईते बनेका टेकवहादुरलाई अस्पतालतर्फ लैजादै गर्दा वाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टेकवहादुरको शव धनगढिमाई नगरपालिका(१३ भुल्लेस्थित टेक बहादुरकै भाइ बुद्ध बहादुर बिकको घरमा राखिएको खवर पाएर ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले हर्क मायालाई पक्राउ गरेको थियो । घटना बारे थप अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
चिर्पटले हानेर श्रीमानको हत्या गर्ने हर्कमाया पक्राउ
चिर्पटले हानेर श्रीमानको हत्या गर्ने हर्कमाया पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु