रौतहट – रौतहटको गौर चन्द्रपुर सडकखण्डको गरूडामा जन्ती बोकेको जीप बिजुलीको पोलमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ । चार जनाको घनास्थलमै र दुई जनाको उपचारको क्रममा ज्यान गएको हो ।
गौरबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको भारतीय बीआर ५पीए ६९५३ नम्बरको स्कारपियो जीप गरूडामा अपरान्ह् चार वजेतिर दुर्घटना ग्रस्त भएको थियो ।
दुर्घटनामा परेर गाडीमा सवार ९ जनामध्ये १६ वर्षीय सेख नौसाद, २२ वर्षीय सेख सैनुल्लाह, ५५ वर्षीय मारूफ मियाँ अन्सारी र २५ वर्षीय सेख छोटुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गरूडाका प्रहरी नायब उपरीक्षक डीएसपी श्रीराम भण्डारीले विजुलीको पोलमा जीप ठोक्किदा चार जनाको घटनास्थलमै मृत्यु भएको वताए । तीव्र गतिमा रहेको जीप पोलमा ठोक्किएपछि करिव २० मिटर परसम्म हुत्तिदै पुगेको डीएसपी भण्डारीले वताए ।
मृतक सबै गढीमाइ नगरपालिका ३ निवासी हुन् । मृतक एक जनाको सनाखत हुन सकेको छैन ।
उनीहरु रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटिया जन्त गएका थिए । विवाह कार्यक्रम सकेर घर फर्कने क्रममा रौतहटको गरुडा नगरपालिका १ स्थित जयनगर सडक खण्डमा मंगलबार दिउँसो सवा ४ बजे गाडी दुर्घटनामा परेको हो । दुर्घटनापछि स्थानीयवासी र प्रहरी टोलीले घाईतेको उद्धार गरेको थियो ।
जन्ती बोकेको जीप पोलमा ठोक्किदा ६ को मृत्यु
जन्ती बोकेको जीप पोलमा ठोक्किदा ६ को मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु