पोखरा -पृथ्वीराजमार्गको पोखरा ३२ स्थित मजुवाखण्डमा गाँजासहित २४ बर्षिय विक्रम गुरूङ पक्राउ परेका छन ।
स्याङ्जा वालिङ ४ स्थायी घर भई पोखरा १७ घारीपाटन बस्ने विक्रमलाई लुकाएर ल्याउँदै गरेको २ किलो ७३० ग्राम गाँजासहित प्रहरीले पक्राउ गरेको हो ।
लागू औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले सोमवार अपरान्ह् तीन बजेतिर सवारी चेकजाँच गर्दा विक्रमलाई पक्राउ गरेको थियो
। अभियुक्त विक्रमलाई जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थपेर अनुसन्धान बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पोखरामा २४ बर्षिय युवक गाँजासहित पक्राउ
पोखरामा २४ बर्षिय युवक गाँजासहित पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु