पोखरा – दाङको तुलसीपुरमा सञ्चालन हुने स्व खुमबहादुर खड्का स्मृति राष्ट्रिय टेवल टेनिस प्रतियोगितामा कास्की जिल्लाबाट सहभागी हुन जाने खेलाडी तथा ब्यबस्थापकहरुलाई बुधबार बिदाइ गरिएको छ ।
कास्की जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष तोरण बानियाँले खेलाडी हरुलाई सफलताको शुभकामना दिदै खेलाडीहरुको सम्पूर्ण ध्यान खेलमा लगाउन अनुरोध गरे ।
सो अबसर टेवुलटेनिस संघका अध्यक्ष उत्तम जोशीले कास्की जिल्लाको शिर उच्च पारेर फर्किन शुभकामना दिएका थिए । यहि पुस १६ गतेदेखि १८ सम्म प्रतियोगितामा कास्की बाट खेलाडीहरु दिपक राज गिरि, सुलभ केसी, अंकिता गुरुङ र अनिशा गौतम रहेका छन् भने ब्यबस्थापकमा संघका सदस्य कृष्ण रानाभाट र राहुल सुनार रहेका छन् ।
गतवर्ष चैत महिनामा हुने भनिएको प्रतियोगिता कोरोना महामारीका कारण रोकिएको थियो ।
उक्त प्रतियोगितामा बिजेताले ५ लाख ४३ हजार रुपैया जित्ने छन् । प्रतियोगिता नेपालमै सबैभन्दा ठुलो रासीको भएको समेत बताए । प्रतियोगितामा २५ जिल्लाका खेलाडीहरुको सहभागिता रहने छ भने ३ वटा विभागीय टोली हुनेछन् ।
तुलसीपुर उपमहानगरपालिका ६ स्थित टेबल टेनिस कर्भड हलमा हुने प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई खानरबस्नको व्यवस्था गरिएको छ ।
खेलको उद्धघाटन लुम्बिनी प्रदेशका बनमन्त्री सुरेन्द्र हमालले गर्ने उक्त प्रतियोगिता ३ दिनसम्म चल्ने खेललाई सफल बनाउन १७ लाख बढी लागत लाग्ने अनुमान गरिएको छ । युथस अफ तुलसीपुरकोे आयोजना तथा दाङ जिल्ला टेबल टेनिस संघको प्राविधिक सहयोगमा प्रतियोगिता हुन लागेको हो
राष्ट्रिय टेवल टेनिस प्रतियोगिताका लागि पोखरेली खेलाडी दाङ प्रस्थान
राष्ट्रिय टेवल टेनिस प्रतियोगिताका लागि पोखरेली खेलाडी दाङ प्रस्थान

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु