मोरङ – सप्तकोसी डेभलपमेन्ट बैंकमा १६ करोड हिनामिना आरोपमा बैंकका सीईओ नविन सुवेदीसहित थप तीन कर्मचारी पक्राउ परेका छन् ।
अनुसन्धानमा बैंकको रकम हिनामिनामा संलग्न रहेको पाइएकोले विराटागर ६ घर भएका बैंकका सीईओ ४७ वर्षीय सुवेदीलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए । उनका अनुसार सुवेदीसँगै विराटनगर १ घर भई बैंकको अप्रेसनल प्रमुखमा कार्यरत ३६ वर्षीय विजय थापा मगर, वित्तीय प्रमुख ४८ वर्षीय देवीप्रसाद भण्डारी पनि पक्राउ परेका छन् । उनीहरुमाथि लिएर प्रहरीले बैंकिङ कसुर मुद्दामा अनुसन्धान थालेको छ ।
सीईओ सुवेदीको नै उजुरीका आधारमा मोरङ प्रहरीले विराटनगर १ घर भई बैंकमा जनरल सर्भिस डिपार्टमेन्ट प्रमुख २९ वर्षीया हिमाल भट्टराईलाई मंसिर १९ गते नियन्त्रणमा लिई अनुसन्धान गर्दै आएको छ । विराटनगर महानगरपालिका ७ स्थित सप्तकोसी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट १५ करोड ७५ लाख ४० हजार ५७५ रूपैयाँ हिनामिना भएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख जिसीले बताए ।
केन्द्रीय कार्यालय धनकुटामा रहेको उक्त बैंकमा मुनाफा रकमलाई रेमिट्यान्सबाट आएको भन्दै सीईओ सुवदीले हिनामिना गरेको बेनामी उजुरी नेपाल राष्ट्र बैंकमा परेको थियो ।
राष्ट्र बैंकले रकम हिनामिना सम्बन्धमा पत्राचार गरेपछि घटना सार्वजनिक भएको थियो ।
बैंकमा १६ करोड हिनामिना आरोपमा सीईओसहित थप ३ कर्मचारी पक्राउ
बैंकमा १६ करोड हिनामिना आरोपमा सीईओसहित थप ३ कर्मचारी पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु