काठमाडौं – माओवादी केन्द्रका नेता लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि फरक मत प्रस्तुत गरेका छन्। काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी बन्दसत्रमा उनले दस बुँदे फरक मत प्रस्तुत गरेका हुन्।
उनले प्रचण्डको प्रतिवेदन महाधिवेशनको गरिमा र ओजलाई नबोक्ने स्पष्ट पारेका छन्। उनले महाधिवेशनको अर्थ, मूल्य र गुरुत्व जुन हुन्छ त्योअनुसार विषय र नीतिको कोणबाट प्रचण्डको प्रतिवेदन समग्र तहमा संगठित नभएको उल्लेख गरेका छन्। उनले प्रचण्डको प्रतिवेदन माथिमाथि उडान गर्ने खालकोमात्र भएको तर जमिनमा खुट्टा नटेकेको आरोपसमेत लगाएका छन्।
ुजमिनमा खुट्टा टेकाउनको लागि नेपाली समाजको आजको चरित्र अथवा अन्तरविरोधहरु, वर्गहरुबीचको सम्बन्ध र संघर्ष, उत्पादन प्रणाली, उत्पादनका समाधानमाथिको स्वामित्व र वितरण प्रणालीबारे अनिवार्य विश्लेण हुनुपर्छ,ु उनले भनेका छन्।
उनले गरिबीको रेखामुनि रहेका सर्वहारा वर्गको आकार र अवस्थाबारे अध्ययन अनुसन्धान बिनै प्रतिवेदन तयार गरेको आरोप लगाएका छन्। उनले प्रचण्डको प्रतिवेदनले वाम बाटोसमेत नसमातेको उल्लेख गरेका छन्। ुदक्षिणपन्थी संशोधनवादी दिशा सोझिएको प्रतिवेदन माओवादी कम्युनिस्ट पार्टीको महाधिवेशनको प्रतिवेदन कसरी हुन्छ ? उनले प्रश्न गरेका छन्।
उनले माओवादी जनयुद्धबाट आएर तागतसहितको सरकार बनाउँदासमेत सेनापति र पशुपतिको भट्ट फेर्न नसक्नु दुर्भाग्य रहेको उल्लेख गरेका छन्। उनले भेनेजुयलाको चावेजको उदाहरण दिँदै भनेका छन्, ुचावेज जो कम्युनिस्ट होइनन, वामपन्थी मात्र थिए। उनले १९९८ मा निर्वाचित भएपछि भेनेजुयला छाड्ने आदेश दिएर अमेरिकासँगको सैन्य सम्बन्ध अन्त्यको घोषणा गरे। अल्मुनियम र तेलमा भएको वैदेशिक लगानीको अन्त्यको घोषणा गर्दै राष्ट्रियकरण गरे र भूमिसुधार लागू गरेर जमिन्दलारहरुको जमिन किसानहरुलाई वितरण गरे। तर माओवादी नेतृत्वमा बनेको सरकारहरुले एकपटक पनि औपचारिकरुपमा कुख्यात सुगौली सन्धीलगायत अन्य असमान सन्त्रीबारे चुसम्म नबोल्नु जनवादी क्रान्तिको बाँकी कार्यभार पूरा गर्ने सन्दर्भसँग बाँझिन्छ,ु उनले भनेका छन्।
उनले एउटै पात्र पटक पटक मन्त्री बनेको तर उनीहरुको परदर्शिता र कार्यमस्पादनसहितको मूल्यांकन कहिल्यै नभएको आरोप लगाएका छन्। ुहाम्रै नेतृत्वमा प्रादेशिक सरकार छन्। तिनीहरुले अरु पार्टीले नेतृत्व गरेको सरकारभन्दा फरक के काम गरेरु हामीले जितेको ठाउँमा एउटा नमूना पालिका सरकार कतै छ ? उनले प्रश्न गरेका छन्। उनले माओवादी ओरालो लाग्नुको प्रमुख कारण भ्रष्टाचार, कमिसन, घुसमार्फत् अकुत सम्पत्ति थोपरेको गम्भीर आरोप रहेको उल्लेख गरेका छन्। ुत्यसैले माओवादी नेता र जनप्रतिनिधिहरुको सम्पत्ति छानबिन गर्नुपर्छ,ु उनले भनेका छन्।
प्रचण्डसहितका माओवादी नेताको सम्पति छानवीन गर्न माग
प्रचण्डसहितका माओवादी नेताको सम्पति छानवीन गर्न माग

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु