काठमाडौँ – एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्ज कप विजेता नेपाली महिला भलिबल टिम स्वदेश फर्किएको छ ।
नेपाली टोलीले बंगलादेशको ढाकामा भएको एसियन सेन्ट्रल जोन च्यालेन्ज कपमा अपराजित रहँदै उपाधि जितेको हो ।
टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत भएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमन शर्मा, उपाधि निरोज मास्केसहितले टोलीलाई स्वागत गरेका हुन् ।
नेपाली महिला राष्ट्रिय भलिबल टोलीसँगै चौथो भएको पुरुष टोली पनि बिहीबार स्वदेश फर्किएको हो । मंगलबार सम्पन्न सेन्ट्रल जोनमा महिला टोलीले उपाधि जित्दा पुरुष टोली चौथो भएको थियो ।
६ राष्ट्र सहभागी सेन्ट्रल जोनमा महिला टिमले उज्वेकिस्तानलाई फाइनलमा ३(२ ले पारजित गरेर उपाधि जितेको हो । पुरुषतर्फ पाँच टिम सहभागी रहेकोमा नेपाल तेस्रो स्थानको लागि भएको खेलमा उज्वेकस्तानसँग पराजित भएको थियो ।
एसियन महिला भलिबल कप विजेता नेपाली टिमलाई स्वदेशमा स्वागत
एसियन महिला भलिबल कप विजेता नेपाली टिमलाई स्वदेशमा स्वागत

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु