तनहुँ – प्रहरीले पेस्तोल र लागूऔषध बरामद गरेपनि त्यसलाई प्रयोग गर्ने अभियुक्तलाई भने पक्रन असफल भएको छ ।
शुक्लागण्डकी नगरपालिका गाछेपानी घर भइ हाल सोही नगरपालिका ३ कार्कीडाँडा डेरा गरी बस्ने २६ वर्षीय निनु कुमार श्रेष्ठको कोठामा छापा मारेर प्रहरीले खाली म्याग्जिन सहितको १ थान इटालियन पेस्तोल र लागूऔषध बरामद गरेको हो । साथै श्रेष्ठको कोठाबाट लागूऔषध स्पाम्सो प्रोक्सिभिन ५४ चक्की, नाईट्राभेट १ सय ९२ चक्की, डाईजेपाम १ सय ३३ एम्पुल, नुर्फिन १ सय ३४ एम्पुल, फेनारागन १ सय ३६ एम्पुल बिहीबार दिउँसो प्रहरीले बरामद गरेको छ ।
श्रेष्ठले हतियार तथा लागूऔषध लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनको घरबाट उक्त वस्तु फेला पारी बरामद गरेको हो । हाल फरार रहेका निनुकुमारको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पेस्तोल र लागूऔषध भेटियो अभियुक्त फरार
पेस्तोल र लागूऔषध भेटियो अभियुक्त फरार

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु