मोरङ – आफ्नो वुवालाई कुटपीट गरी हत्या गरेको अभियोगमा प्रहरीले रतुवामाई नगरपालिका ९ डिपो का ३६ बर्षिय अर्जुन धामीलाई पक्राउ गरेको छ । अभियुक्त धामीले आफ्नै ५७ वर्षीय वुवा दिपनारायणको कुटेर हत्या गरेका प्रहरीले जनाएको छ । । मादक पदार्थ सेवन गरी हो हल्ला गरेको बिषयमा विवाद हुँदा अर्जुनले दिपनारायणलाई कुटपीट गरेका थिए । छोराको कुटाईवाट गम्भिर घाईते भएका दिपनारायणको अरनिको अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारको लागि नोबेल अस्पताल विराटनगरमा लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । अभियुक्त अर्जुनलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले टोलीले पक्राउ गरी अनुसन्धान र कार्वाहीको प्रकृया अघि बढाएको छ ।
कुटेर वुवाको हत्या गर्ने छोरा पक्राउ
कुटेर वुवाको हत्या गर्ने छोरा पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु