पोखरा -पोखराको जाल्पारोडवाट लागूऔषध व्राउन सुगरसहित पक्राउ परेका चार जनालाई अनुसन्धानको लागि प्रहरीले जिल्ला अदालत कास्कीवाट आठ दिन म्याद थप गरेको छ ।
प्रहरीले पोखरा नयाँबजारका ३२ बर्षिय लाहुरे भन्ने आशिष राना, पोखरा २१ घर भई छोरेपाटन बस्ने ३९ बर्षिय ध्रुब बहादुर थापा, कास्कीको रुपा गाउँपालिका ७ घर भई पोखरा १ बगर बस्ने वर्ष ३० बर्षिय बिक्की भन्ने नबिन कुमार गुरुङ र स्याङ्जा भिरकोट नगरपालिका ६ घर भई पोखरा ८ सभागृह बस्ने वर्ष २२ की सुस्मिता गुरुङलाई पक्राउ गरेको थियो ।
अभियुक्तहरुको साथवाट १३.१ ग्राम लागूऔषधसहित डिजटल तराजु १ थान, ३८ हजार ३ सय ५० रुपैयाँ, मोवाईल सेट ५ थान, र ग २१ प ३३२३ नम्बरको स्कुटर १ थान समेत बरामद गरेको जानकारी दिएको छ ।
पोखरामा ब्राउनसुगरका चार अभियुक्तको अनुसन्धान गर्न आठ दिन म्याद
पोखरामा ब्राउनसुगरका चार अभियुक्तको अनुसन्धान गर्न आठ दिन म्याद

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु