रुकुम – भीषण हिमपातमा परेर जिल्लाको पूर्विक्षेत्रमा १४ मजदुर पाँच दिनदेखि अलपत्र अबस्थामा फसेर बसेका छन । पुथा उत्तरगङ्गा गाउँपालिका–२ पेल्माको घुसदुङमा परेको व्यापक हिमपातले गर्दा उनीहरु ओढारमा बस्न बाध्य भएका हुन । पाँच दिनदेखि फँसेका उनीहरुको अवस्था वारे ढिलो थाहा भएकोले तत्काल उद्धारमा समस्या आएको स्थानीय प्रशासनले जनाएको छ ।
वडा नम्बर २ ले बजेट विनियोजन गरेको घोरेटो बाटो निर्माणमा खटिएका उनीहरू बाक्लो हिउँका कारण बाहिर आउन नसकेका हुन । वडा सदस्य मनराम झाँक्रीका अनुसार उनीहरू काम गर्ने ठाउँमै फसेको भनेर आइतबार मात्रै खबर आएको थियो ।
उनीहरूमध्ये १० पुरुष र चार महिला छन् । जोकप्रशाद बुढा, औँसी बुढा, विशाल बुढा, दयालाख कामी, रमजित कामी, जानी बुढा, कृष्ण बुढा, दीपक कामी, सुनिल झाँक्री, जुनदेवी झाँक्री, पेमबहादुर कामी, बहादुर बुढा, नवीन बुढा र नान्तेन पुन पाँच दिनदेखि ओढारको वास भएको छ । खाने रासन पनि सकिएकाले समस्या भएको बताइएको छ । सबै जना पेल्माका बासिन्दा हुन् । प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले आइतबार मात्रै खबर आएकाले मजदुरको उद्धारका लागि गृह मन्त्रालयलाई हेलिकप्टर पठाउन आग्रह गरिएको वताए ।
भीषण हिमपातमा फँसेका १४ मजदूरको पाँच दिनदेखि ओढारमा बास
भीषण हिमपातमा फँसेका १४ मजदूरको पाँच दिनदेखि ओढारमा बास

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु