रुकुम – श्रीमतीको घाँटी थिचेर हत्या गरेको अभियोगमा प्रहरीले रुकुमको बाँफिकोट गाउँपालिका ९ का दीपक भन्ने दलजित खनाललाई पक्राउ गरेको छ ।
अभियुक्त खनालले २६ बर्षिया श्रीमति कमलाको हत्या गरेको स्वीकार गरेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले अभियुक्त दिपकले आपसी झगडा हुँदा रिसको झोकमा आफुले घाँटी थिचेर श्रीमतीको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका वताए । घाँटी थिचेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी निरीक्षक शर्माले भने, ‘थप अनुसन्धान पनि हुँदै छ ।’
शुक्रबार राति कमलाको शव आफ्नै कोठामा आफ्नै सलले झुन्डिएको अवस्थामा फेला परेको थियो । ४ महिने छोरा र श्रीमान दीपक पनि साथै रहेका बेला भएको कमलाको मृत्यु सामान्य नभएको भन्दै प्रहरीले दीपकलाई घटना स्थलबाटै नियन्त्रणमा लिएको थियो ।
अनुसन्धान गर्दै जाँदा दीपकले घाँटी थिचेर श्रीमतीको हत्या गरेर उनकै सल प्रयोग गरेर झुन्ड्याएको खुल्न आएको प्रहरीले जनाएको छ । दीपक आफैले श्रीमतीले झुन्डिएर आत्महत्या गरेको भनेर अरुलाई खबर गरेका थिए । प्रहरीले दीपकमाथि थप अनुसन्धान गर्ने भन्दै रुकुम जिल्ला अदालतबाट आाइतबार १० दिनको म्याद थप गरेको छ ।
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु