काठमाडौं -महिलालाई लागूऔषध खुवाएर पटक पटक जर्वजस्तीकरणी गरेको अभियोगमा प्रहरीले २८ बर्षिय बिनोद भण्डारीलाई पक्राउ गरेको छ ।
अभियुक्त भण्डारीले बूढानीलकण्ठ नगरपालिका २ बाडेपाखास्थित खाली चौरमा लागूऔषध सेवन गराई बिहीबार साँझ ती महिलालाई पटक(पटक जबरजस्ती करणी गरेका प्रहरीले जनाएको छ ।
मोरङ विराटचोक घर भएका २८ वर्षीय बिनोद भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको थियो । बुढानिलकण्ठ नगरपालिका ५ बिष्णुमती डेरा गरी बस्ने अभियुक्त भण्डारीका बिरुद्ध अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।