काठमाडौं – पव्जी खेल्दा खेल्दै आपसमा जोडिएका एक जोडी युवक र युवती पव्जी खेल्नेक्रममा आपसमा झगडा हुँदा हानाहान गएर ज्यान गुमाएका छन ।
पव्जी खेल्दै रातभर हानहान ठोक ठोक भनेर हल्ला गर्ने जोडी विहीवार राति पनि आपसमा बिबाद गर्दै एकले अर्कोलाई हानेर गम्भिर घाईते तुल्याएका प्रहरीले जनाएको छ ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानमा पहिला केटीले केटालाई धारिलो हतियारले हानेर घाईते तुल्याएपछि केटाले पनि केटीलाई हानेर हत्या गरेका देखिएको वताएको छ । संखुवासभा धर्मादेवी नगरपालिका–२ की स्थायी बासिन्दा शारदाको परिवार कपनस्थित राधाकृष्ण मन्दिरनजिकै फ्ल्याटमा बस्थ्यो। शारदाको बहिनीकै घर थियो त्यो। छोरा अनिशले करिब २० दिन पहिले खोटाङको साकेला गाउँपालिकाकी युसिनालाई बुहारीका रुपमा घर भित्र्याएका थिए। उनीहरुबीच संस्कारअनुसार विवाह भने भएको थिएन।
अनिश र युसिना पब्जी खेल्थे। खेलिरहँदा उनीहरु हान्–हान् र मार मार भन्दै हल्ला गर्ने भएकाले शारदालाई त्यसको बानी लागिसकेको थियो।
बिहीबार राति पनि हल्लाखल्ला सुरुमा उनले चासो दिइनन्। तर, केहीबेरमा घ्यारघ्यार आवाज आउन थाल्यो। निक्कैबेर यस्तो आवाज आएपछि उनले छोरा–बुहारीलाई बोलाइन्। दुवै जना बोलेनन्।
त्यसपछि शारदाले छिमेकी र घरका मान्छेलाई खबर गरिन्। उनीहरु आएपछि भित्रैबाट बन्द गरिएको ढोला जबरजस्ती खोलियो। भित्र अनिश ढोकैनजिक उभिइरहेका थिए। तर हेर्दाहेर्दै उनी ढले।
युसिना भने बेडमा लडिइरहेकी थिइन्। उनको घाँटी आधा काटिएको थियो। छाती, पेट जताततै चोटैचोट थियो। उनको शरीरका १४ ठाउँमा काटिएको थियो। अनिशको घाँटी दुवैतिरबाट काटिएको, छाती र नाइटोभन्दा केही तल पनि छुरी रोपिएको थियो।
छोराबुहारी ढलेको देखेपछि शारदा बेहोस भइन्। १२ बजेर २० मिनेटमा आफन्तले प्रहरीलाई खबर गरिदिए। त्यसपछि प्रहरी पुग्दा अनिशको शरीर तातै भएकाले उनलाई हेल्पिङ ह्यान्ड्स अस्पताल चाबहिल पुर्याइयो।
तर अस्पतालले उनलाई पनि मृत घोषणा गर्यो।
साँझमै खाना खाएर युसिना र अनिश आफ्नो कोठामा गए। कुखुराको मासु पकाएका थिए। उनीहरुले फ्राइ गरेर आफ्नो कोठामा पनि लगेका रहेछन्। रक्सीको बोतल खाली थियो। दुवै गिलासमा थोरथोरै रक्सी बाँकी थियो।
कोठाका कपडा यत्रतत्र छरिएका थिए। दुवै जना निर्वस्त्र थिए। कोठा रक्ताम्मे थियो। सिरानीमुनि छुरीको खोल भेटियो। टेबुलमुनि थियो छुरी। जसले युसिना र अनिशको ज्यान लिएको थियो।
प्रहरीले उनीहरुको हत्यामा अन्य व्यक्तिको संलग्नता नभएको जनाएको छ।
‘युसिना र अनिशबीच झगडा भएको हुनसक्छ। त्यही क्रममा सुरुमा युसिनाले छुरी हानेपछि अनिशले पछि प्रहार गरेको अथवा युसिनाको हत्या गरेर अनिशले पछि आफैँलाई छुरी हानेको हुनसक्छ,’ घटनास्थलबाट फर्किएका एक प्रहरी अधिकारीले भने।
अहिले दुवैको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगिएको छ। युसिनाका परिवार आउँदैछन्। त्यसपछि मात्रै पोस्टमार्टम गर्ने तयारी छ। दुबै जनाको मोबाइल प्रहरीले अनुसन्धानका लागि लगेको छ। कारण पोष्टमार्टम रिपोर्ट र मोबाइल परीक्षणपछि खुल्ने प्रहरी बताउँछ।
‘प्रारम्भिक अनुसन्धानमा उनीहरुबीच आपसी सम्बन्धकै विषयमा झगडा भएको देखिन्छ, हत्यामा तेश्रो व्यक्तिको संलग्नता नदेखिएपछि सबै कुरा त खोल्न पनि मिलेन,’ अनुसन्धानमा संलग्न प्रहरीले भने।
शारदाले युसिनाका परिवारको बारेमा सोधे पनि बुहारीले नभनेको बताएकी छन्। २० दिनअगाडि घरमा भित्रिएकी उनले आफूले स्वनिर्णयले बिहे गरेको बताएकी थिइन्। शारदाका श्रीमान् वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा छन्।
अनिश पनि रोजगारीका लागि विदेश जाने तयारी गरिरहेको शारदाले बताएकी छन्। उनले १२ कक्षा पास गरेका थिए। तर युसिनाको बारेमा भने शारदाले पनि धेरै कुरा थाहा नभएको बताएकी छन्।
दुवै जना पब्जी खेल्ने भएकाले सामाजिक सञ्जालबाट चिनजान भएको र पछि नजिकिएको हुनसक्ने प्रहरीको अनुमान छ।
पब्जीले जोडिएका जोडीको पव्जीले लियो ज्यान
पब्जीले जोडिएका जोडीको पव्जीले लियो ज्यान

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु