काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा थप २ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६०६ पुगेको छ।
यस्तै सोमबार २५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ८५५ सक्रिय संक्रमित छन्।
गत २४ घण्टामा ८ हजार ९६५ पीसीआर तथा २ हजार ४६४ एन्टिजेन परीक्षण भएको छ।
२४ घण्टामा १ हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण
२४ घण्टामा १ हजार ४४६ जनामा कोरोना भाइरसको संक्रमण

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु