तेह्रथुम– तेह्रथुमको फेदाप गाउँपालिकामा सोमबार दिउँसो करेन्ट लाग्दा एकजनाको मृत्यु भएको छ। फेदाप गाउँपालिका–१ महाभीरका ५२ वर्षीय अम्बरहादुर बस्नेतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। बस्नेत महाकाली माध्यमिक विद्यालय फेदाप–१ पुल्डुङगका प्रधानाध्यापक हुन्।
विद्यालयमा सञ्चालन हुँदै गरेको परीक्षापछि घर आएर घाँस काट्ने क्रममा हाइटेन्सन लाइनमा करेन्ट लाग्दा बस्नेतको मृत्यु भएको पोक्लाबाङ प्रहरी चौकीले जनाएको छ। घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रहरी निरीक्षक कोमल ठाकुरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ जाँदै गरेको प्रहरीले जनाएको छ।