पोखरा -पृथ्वीनारायण शाहको जन्मजयन्तीको अबसरमा निकालिएको जुलुसमा राजावादीहरुले संघिय लोकतान्त्रिक गणतन्त्र बिरुद्ध चर्का नारावाजी गरेका छन ।
आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३ सय औं जन्मजयन्तीको अबसरमा आयोजित जुलुसका सहभागीहरुले गणतन्त्र खारेजीको माग गर्दै हिन्दूराज्यको माग समेत गरेका थिए ।
शिवको मूर्ति र भजनचुट्कासहित निस्केका जुलुसले नेपालमा विदेशी हस्तक्षेप बढेर देशको अस्मिता नै संकटमा परेको भन्दै राजतन्त्र पुर्नस्थापनको माग गरेका थिए ।
बजारको विभिन्न स्थानको परिक्रमा गर्दै जुलुस पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । जुलुस पृथ्वीचोकमा पुग्दा आकासमा हेलिकप्टरवाट सहभागिहरुमाथि पुष्पबर्षा गरिएको थियो । सभाका वक्ताहरुले पनि लोकतान्त्रिक गणतन्त्रमा दलका नेताहरुले राजनीतिका नाममा चरम लुट मच्याएर देश र जनतालाई वर्वादीतर्फ धकेलेका आरोप लगाएका थिए । वक्ताहरुले लोकतन्त्रका नाममा भईरहेको लुट र चरम विदेशी हस्तक्षेपलाई रोक्न राजतन्त्र पुर्नस्थापना गरिनुपर्ने माग राखेका थिए ।
पोखरामा राजतन्त्र पुर्नस्थापनाको माग गर्दै गणतन्त्र बिरुद्ध चर्का नारावाजी
पोखरामा राजतन्त्र पुर्नस्थापनाको माग गर्दै गणतन्त्र बिरुद्ध चर्का नारावाजी

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु